ad
x

कार दुर्घटनामा एक जनाको मृत्यु , चार जना घाइते

person explore access_timeजेठ ४, २०७९ chat_bubble_outline0

उदयपुरमा कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन । मदन भण्डारी लोकमार्गको उदयपुरगढी गाउँपालिका– ६ नेपालटार दनुवारबेसीको बैद्यनाथको पुलमा वीरगंञ्जबाट विराटनगरतर्फ गुडेको बा २५ च ७८१९ नम्बरको कार मंगलवार राति अनियन्त्रित भएर दुर्घटना हुँदा कारमा सवार एक जनाको मृत्यु र ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक सन्तोष आचार्यले जानकारी दिए । 


दुर्घटनाका घाइतेमध्ये मोरङको बिराटनगर महानगरपालिका– ५ चाँदनी चोकका ३४ वर्षिय देबेन्द्र चापागाईको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा  राती ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएका छन् । कार अनियन्त्रित भई सडकबाट १५ मिटर तल खसेको थियो । दुर्घटनामा घाइते भएकाहरुलाई जिल्ला अस्पताल गाईघाटमा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित न्युरो हस्पिटल रिफर गरिएको छ । 



घाइतेहरूमा मोरङ विराटनगर महानगरपालिका– ५ चाँदनी चोकका चालक ३१ वर्षिय बिशाल राय, २३ वर्षीय सुजन खतिवडा, २७ वर्षिय सागर घिमिरे र ३५ वर्षिय सुरज पौडेल रहेका जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकृत प्रहरी नायब उपरिक्षक सन्तोष आचार्यले जानकारी दिए । दुर्घटना हुनेबित्तिकै  प्रहरी चौकी नेपालटार र स्थानीयबासीको सहयोगमा उद्धार गरी अस्पताल पठाउने काम भएको स्थानीयबासीले बताए । मृतक चापागाईको शव भने जिल्ला अस्पताल गाईघाटको शव गृहमा राखिएको छ । 
 









कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।