बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सुवास नेम्वाङको निर्वाचन क्षेत्र इलाम नगरपालिकामा काँग्रेसको जित

बुधबार, ०४ जेठ २०७९, ०८ : ४९
बुधबार, ०४ जेठ २०७९

इलाम नगरपालिकाको मेयरमा एमालेलाई हराउँदै नेपाली काँग्रेस विजयी भएको छ । इलामको मेयर र उपमेयर दुवै पदमा काँग्रेस विजयी भएको हो । काँग्रेसका उम्मेदवार केदार थापा १३ हजार १६२ मतसहित नगर प्रमुखमा विजयी भएका हुन् ।  थापाका प्रतिस्पर्धी एमालेका धिरेन कुमार चेम्जोङले १० हजार ५८७ मत पाए । 

त्यस्तै उपमेयरमा विष्णु कुमारी लिम्बुले १३ हजार ५४२ मत ल्याएर विजयी बन्दा एमालेकी सिता कुमारी रिजालले १० हजार ८८ मत ल्याइन् । इलाम नगरपालिका एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निर्वाचन क्षेत्र पनि हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप