शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सिन्धुलीको गोलञ्जोरमा एमाले विजयी

बुधबार, ०४ जेठ २०७९, ०९ : ०२
बुधबार, ०४ जेठ २०७९

सिन्धुलीको गोलञ्जोर गाउँपालिका अध्यक्षमा नेकपा (एमाले) विजयी भएको छ । एमालेका शङ्कर बरालले काँग्रेसका उम्मेदवार पुष्प कार्कीलाई पछि पर्दै विजयी भएका हुन् ।

बरालले चार हजार ७४४ मत प्राप्त गर्दा कार्कीले चार हजार ४६३ मत प्राप्त गरे । गाउँपालिका उपाध्यक्षमा नेकपा ९माओवादी केन्द्र०का ज्वालाप्रसाद न्यौपाने विजयी भए । उनले चार हजार २४२ मत प्राप्त गर्दा एमालेबाट उपाध्यक्ष पदका उम्मेदवार ममता देवकोटाले तीन हजार ८३८ मत प्राप्त गरे ।

सातवटा वडा रहेको गोलञ्जोरमा दुई वडा माओवादी, दुई वडा एमाले र तीन वडा काँग्रेसले विजय हासिल गरेको छ । माआोबादीबाट वडा नं १ मा सोमप्रसाद बराल, वडा नं ३ मा केपी पोखरेल विजयी भए । काँग्रेसबाट वडा नं २ मा दौलत कार्की, वडा नं ४ मा भक्तबहादुर भुजेल, वडा नं ६ मा रबिन श्रेष्ठ विजयी भए । एमालेले दुईवटा वडामा विजय हासिल गरेको छ । वडा नं ५ मा गोबिन्दबहादुर लुङ्गेली, वडा नं ७ मा रेगनराज थापा विजयी भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप