शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बाँकेको डुडुवामा काँग्रेस विजयी

बुधबार, ०४ जेठ २०७९, ०९ : २५
बुधबार, ०४ जेठ २०७९

बाँकेको डुडुवा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली काँग्रेस विजयी भएको छ । अध्यक्षमा नरेन्द्र चौधरी ‘पप्पु’ ले छ हजार २७२ र उपाध्यक्षमा नेपाली कांग्रेसकी साहिदा बानोले पाँच हजार ८८४ मत ल्याएर निर्वाचित भएको डुडुवा गाउँपालिकाका निर्वाचन अधिकृत फटिकराज मुडवरीले जानकारी दिए ।  चौधरी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा)का भण्डारीलाल यादवले पाँच हजार १२५ मत पाउँदा एमालेका उम्मेदवारले तीन हजार ७१९ मत पाएका थिए । उपाध्यक्षमा काँग्रेसका साहिदा बानोले  निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी ९जसापा०की तरन्नुम बानोले चार हजार ७५४ मत पाउँदा एमालेका उम्मेदवारले चार हजार १५८ मत पाएका थिए । 

छवटा वडा रहेको सो गाउँपालिकामा एक वडा काँग्रेस, तीन वडा जसपा र दुई वडा एमालेले जितेको छ । यसअघि राप्ती सोनारी गाउँपालिका पनि काँग्रेसले जितेको थियो । बाँकेका ८१ वडामध्ये अहिलेसम्म ३३ वडाको मत परिणाम सार्वजनिक भएको छ । तीमध्ये एमालेले नौ, नेकपा (माओवादी केन्द्र)ले नौ, काँग्रेसले आठ, जसपाले पाँच र राप्रपाले दुई वडा जितेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप