शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सेवानिवृत्त रुसी सैन्य अधिकारीको दाबी : स्थिति थप बिग्रनेछ

बुधबार, ०४ जेठ २०७९, ०९ : ५४
बुधबार, ०४ जेठ २०७९

सेवानिवृत्त कर्णेल तथा सैन्य विश्लेषक मिखाइल खोदरनोकले अबका दिनमा रसियाको अवस्था थप खराब हुने जिकिर गरेका छन् ।

सोमबार रुसी टिभी च्यानलसँग उनले सो कुरा बताएका हुन् ।

आफ्नो टिप्पणीमा, उनले भने, ‘रसियाको लागि अवस्था पक्कै खराब हुनेछ । युक्रेनले पश्चिमी देशहरूबाट धेरै सहायता पाइरहेको छ । युक्रेनले आफ्ना १० लाख जनतालाई हतियार हस्तान्तरण गर्न सक्छ ।’

उनले युक्रेनका सैनिकमा आफ्नो मातृभूमिको रक्षा गर्ने भावना अझै बलियो रहेको बताए ।

रुसमा युद्धको असरबारे खोदरोनोकले भने, ‘रुसको अहिलेको राजनीतिक र सैन्य समस्या भनेको यो एक्लो भएको छ । सारा संसार उसको विरुद्धमा उत्रिएको छ ।’

खोदोरोनोकले भने कि सत्य यो हो कि हामीले यो अवस्थालाई सकेसम्म चाँडो समाधान गर्ने प्रयास गर्नुपर्छ ।

उनले भने, ‘हाम्रो विरुद्धमा ४२ देशको संगठन छ भन्ने अवस्थालाई सामान्य मान्न सकिँदैन । यसका साथसाथै हाम्रा स्रोतसाधन, सैन्य शक्ति सीमित छन् भन्ने कुरा पनि बुझ्न जरुरी छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप