शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

केशव स्थापितलेभन्दा बालेन साहले ल्याए ७ हजार ७ सय बढी मत

बुधबार, ०४ जेठ २०७९, १० : १३
बुधबार, ०४ जेठ २०७९

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साह अन्य उम्मेदवारभन्दा निकै अघि बढेका छन् । शाहले बुधबार बिहान १० बजेसम्मको अध्यावधिक विवरणअनुसार एमालेका उम्मेदवार केशव स्थापितले भन्दा ७ हजार ७ सय बढी मत पाएका छन् ।

उनले १६ हजार ५२ मत पाउँदा दोस्रो स्थानमा रहेका स्थापितले ८ हजार ३४५ मत पाएका छन् । यी दुई उम्मेदवारबीचको मतान्तर ७ हजार ७०७ रहेको छ । यस्तै काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले ७ हजार ५११ मत पाएकी छन् । हालसम्म काठमाडौं महानगरपालिकामा ४१ हजार १०८ मत पाएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप