बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

धनकुटामा गठबन्धन असफल, काँग्रेस सफल

एमाले खुम्चियो, बहुमत पालिकामा काँग्रेसको जित
बुधबार, ०४ जेठ २०७९, ११ : ५८
बुधबार, ०४ जेठ २०७९

२०७४ सालको स्थानीय तहको निर्वाचनमा ७ वटै पालिका जितेर धनकुटामा इतिहास रचेको एमाले त्यो सफलतालाई दोहोर्‍याउन सकेन । ६ वटा पालिकाको मतगणना सम्पन्न भइसक्दा धनकुटामा काँग्रेसले बहुमत पालिका अर्थात् ४ वटामा जितेको छ भने एमालेले २ पालिकामा जितेको छ । उसले ५ वटै पालिकाको उपप्रमुख/उपाध्यक्ष पदमा भने जित निकालेको छ । १ पालिकाको उपप्रमुखमा अग्रता हासिल गरेको छ । माओवादी केन्द्रले एउटा पालिकाको उपाध्यक्ष पदमा भने जित निकालेको छ ।

हालसम्म काँग्रेसले जितेका पालिकाहरुमा साँगुरीगढी गाउँपालिका, महालक्ष्मी नगरपालिका, पाख्रिबास नगरपालिका र छथरजोरपाटी गाउँपालिका रहेका छन् । एमालेले भने धनकुटा नगरपालिका र चौबिसे गाउँपालिकामा जितेको छ । एमालेबाट विभाजित भएको नेकपा (एकीकृत समाजवादी)ले सहिदभूमि गाउँपालिकाको मत गणनामा अग्रता लिएको छ । उक्त पालिकामा पनि एमालेको उपाध्यक्षमा अग्रता छ ।

धनकुटामा गठबन्धन असफल, काँग्रेस सफल

धनकुटामा काँग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीले गठबन्धन गरेका थिए । उक्त गठबन्धन अनुसार माओवादीले १ पालिकाको उपाध्यक्ष जितेको छ । 

चौबिसे गाउँपालिकामा गठबन्धनको तर्फबाट माओवादीले अध्यक्षमा उम्मेदवारी दिएको थियो । तर, उक्त पालिकामा एमालेले जितेको छ । चौबिसेमा उपाध्यक्षमा उम्मेदवारी दिएको गठबन्धन दल जनता समाजवादी पार्टीका उम्मेदवार पनि पराजित भएका छन् । 

छथर जोरपाटी गाउँपालिकामा भने गठबन्धनकै उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा माओवादीले गठबन्धनको तर्फबाट उम्मेदवारी दिएको थियो । यस्तै धनकुटा नगरपालिकामा पनि गठबन्धन सफल हुन सकेन । त्यहाँ गठबन्धनलाई एमालेले प्रमुख तथा उपप्रमुख दुवै पदमा पराजित गरेको छ । 

यस्तै पाख्रीबास नगरपालिकामा प्रमुखमा गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार विजयी हुँदा गठबन्धनकै माओवादी केन्द्रको उपप्रमुखको उम्मेदवार भने पराजित भएको छ । महालक्ष्मी नगरपालिकामा पनि प्रमुखमा गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार विजयी हुँदा गठबन्धनकै माओवादी केन्द्रको उपप्रमुखको उम्मेदवार भने पराजित भएको छ ।

यता साँगुरीगढी गाउँपालिकामा पनि कांग्रेसका उम्मेदवार अध्यक्षमा विजयी हुँदा गठबन्धन दल जसपाकाका उपाध्यक्षका उम्मेदवार भने पराजित भएका छन् । सहिदभूमि गाउँपालिकामा मतगणना भइरहेको छ । प्रारम्भीक मतगणनामा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका उम्मेदवार अगाडि भएपनि गठबन्धन दल कांग्रेसबाट बनेका उपाध्यक्षको उम्मेदवार भने एमाले भन्दा निक्कै पछाडि परेका छन् ।

चौविसे गाउँपालिका

अध्यक्ष

राज कुमार लिम्वु

दल: नेपाल कम्युनिष्ट पार्टी (एमाले)

उपाध्यक्ष

टंक माया पाङमी

दल: नेपाल कम्युनिष्ट पार्टी (एमाले)

छथर जोरपाटी गाउँपालिका

अध्यक्ष

छत्र बहादुर सुव्‍वा

दल: नेपाली काँग्रेस

उपाध्यक्ष

गीता गुरुङग

दल: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

धनकुटा नगरपालिका

अध्यक्ष

चिन्तन तामाङ्ग

दल: नेपाल कम्युनिष्ट पार्टी (एमाले)

उपाध्यक्ष

भीमा देवी खनाल

दल: नेपाल कम्युनिष्ट पार्टी (एमाले)

पाख्रिवास नगरपालिका

अध्यक्ष

ज्ञान बहादुर गुरुङ्ग

दल: नेपाली काँग्रेस

उपाध्यक्ष

नम्रता गौतम

दल: नेपाल कम्युनिष्ट पार्टी (एमाले)

सागुरीगढी गाउँपालिका

अध्यक्ष

जितेन्द्र राई

दल: नेपाली काँग्रेस

उपाध्यक्ष

मुना राई

दल: नेपाल कम्युनिष्ट पार्टी (एमाले)

महालक्ष्मी नगरपालिका

अध्यक्ष

ध्रुवराज राया

दल: नेपाली काँग्रेस

उपाध्यक्ष

मञ्जु कुमारी कार्की ( अधिकारी )

दल: नेपाल कम्युनिष्ट पार्टी (एमाले)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप