बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यी ५ फिल्मबाट भएको थियो १० स्टार किड्सको डेब्यु

बुधबार, ०४ जेठ २०७९, १५ : ४३
बुधबार, ०४ जेठ २०७९

मुम्बई । जोया अख्तरको अगामी फिल्म ‘द आर्चिज’ को फस्टलुक टिजर सार्वजनिक भएको छ । ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज हुने यो फिल्म म्युजिकल ड्रामामा निर्माण भएको हो । फिल्मबाट अमिताभ बच्चनका नातिनी अगस्त्या नन्दा, शाहरुख खानकी छोरी सुहाना खान र श्रीदेवीकी कान्छी छोरी खुशी कपूर मुख्य भूमिका रहेको छ । यो फिल्मबाट तीनै स्टार किड्सले अभिनयमा डेब्यु गर्न लागेका हुन् । स्टार किड्ससँगै अभिनयमा डेब्यु गरेको  यो पहिलो होइन । यसअघि पनि धेरै स्टार किड्सले एकसाथ फिल्मी करियर सुरु गरेका छन् । ति मध्य केहीको चर्चा अहिले गर्दैछौ ।

ट्वीङ्कल – बबी 

ट्वीङ्कल खन्ना र बबी देओलले फिल्म ‘बरसात’ बाट एकसाथ अभिनयमा डेब्यु गरेका थिए । राजकुमार सन्तोषीको १९५५मा निर्मित फिल्म सुपरहिट सावित भएको थियो । ट्वीङ्कल सुपरस्टार राजेश खन्नाकी छोरी हुन् भने बबी अभिनेता धर्मेन्द्रका छोरा हुन् ।

अभिषेक– करीना 

सन् २००० को फिल्म ‘रिफ्युजी’ ले व्यापार खासै गरेन । तर यो फिल्म अमिताभ बच्चनका छोरा अभिषेक बच्चन र रणधीर कपूरकी छोरी करिना कपुरको पहिलो फिल्म थियो । जसलाई जेपी दत्तले निर्देशन गरेका थिए ।

सोनम – रणवीर 

‘सावरिया’ २००७  को फिल्म हो । सञ्जय लीला भन्सालीद्वारा निर्देशित यो फिल्मबाट अनिल कपूरकी छोरी सोनम कपूर र ऋषि कपूरका छोरा रणवीर कपूरले अभिनयमा डेब्यु गरेका थिए ।

वरुण – आलिया 

सन् २०१२ मा रिलिज फिल्म ‘स्टुडेन्ट अफ द इयर’ रोमान्टिक विधाको फिल्म हो । फिल्मबाट वरुण धवन र आलिया भट्टले एकसाथ डेब्यू गरेका थिए । आलिया महेश भट्टकी छोरी हुन्, भने वरुण डेविड धवनका छोरा हुन् । फिल्म करण जोहरले निर्देशन गरेका हुन् ।

इशान– जान्हवी 

२०१८ को रोमान्टिक विधाको चलचित्र हो धडक । २०१६को मराठी फिल्म ‘सैराट’ को रिमेक हो । इशान खट्टर र जान्हवी कपूरले यो फिल्मबाट एकसाथ डेब्यू गरेका थिए । जान्हवी कपूर सदाबहार अभिनेत्री श्रीदेवीकी छोरी हुन् भने इशान खट्टर अभिनेता राजेश खट्टरका छोरा हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप