शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सेक्सको मामिलामा भ्रमित हुन्छन् भ्यागुता, जुत्तालाई पनि छोड्दैनन् !

बुधबार, ०४ जेठ २०७९, १७ : ४७
बुधबार, ०४ जेठ २०७९

तस्बिरमा देखिएको यो भ्यागुतो खासमा यौनसम्बन्ध स्थापित गर्ने प्रयासमा जुत्तामा चढेर बसेको छ । भ्यागुतोले यौन सम्बन्ध स्थापित गर्नुलाई एम्प्लेक्ससस भनिन्छ । एम्प्लेक्ससस जसलाई ल्याटिनमा इम्ब्रेस अर्थात् आलिङ्गन भनिन्छ । यसमा एक भाले भ्यागुतोले सम्बन्ध स्थापित गर्दैै आफ्नो अगाडिको खुट्टाले पोथी भ्यागुतोलाई समात्ने गर्छ ।

जब भ्यागुतोले सम्भोगका लागि पोथी भ्यागुतो नभई कुनै अन्य वस्तुसँग यस्तो व्यवहार गर्छ भने त्यसलाई गलत तरिकाले निर्देशित एम्प्लेक्सस वा मिसडायरेक्टेड एम्प्लेक्सस भनिन्छ । जस्तै कि भ्यागुतोले जुत्तासँग गरेको छ ।

भ्यागुताले आखिर यस्तो व्यवहार किन गर्छ त भनेर अनुसन्धानकर्ता सोच्न बाध्य भएका छन् । यसबारे एक अनुसन्धान गरियो जसमा अनुसन्धानकर्ताले भ्यागुता गलत तरिकाले निर्देशित एम्प्लेक्सस कुन हदसम्म छ र जनावरलाई यस्तो गर्नका लागि के ले बाध्य तुल्याउँछ भनेर जान्ने कोसिस गरे ।

इकोलोजी जर्नलमा एक पेपर – फाइन्डिङ लभ इन ए होपलेस प्लेस : ए ग्लोबल डेटाबेस अफ मिसडायरेक्टेड एम्प्लेक्सस इन अनुरान्स प्रकाशित गरिएको छ जसमा भ्यागुताको यस्तो व्यवहारबारे विस्तारपूर्वक बताइएको छ ।

अनुरान पुच्छर नभएका उभयचर वा एम्फिबियन्स हुन् जुन अनुरा गणमा पर्छन् । यसमा भ्यागुता र टोड समावेश हुन्छन् । यो शोधमार्फत् अनुसन्धानकर्ताले मिसडायरेक्टेड एन्प्लेक्ससका ३७८ घटना एक साथ दर्ता गरिएका छन् । सेक्सको मामिलामा भ्रमित यी भ्यागुता र टोड ५२ देशबाट लिइएको थियो ।

अनुसन्धानकर्ताले मिसडायरेक्टेड एम्प्लेक्ससबारे पछिल्लो थुप्रै वर्षदेखिका रेकर्ड (सन् १९२० देखि २०२० सम्म) बारे अनुसन्धान गरे जसमा भ्यागुताद्वारा गरिएको यस्ता व्यवहारबारे कुरा उठाइएको थियो । सबैलाई जम्मा गरियो र कुन वर्षमा, कुन महिना, कुन समयमा भ्यागुताले यस्ता गर्छन् भनेर जान्न खोजियो ।

शोधमा पत्ता लागेअनुसार भ्यागुतो र टोडले उभरचर प्रजातिसँग २८२ पटक, मृत चिजसँग ४६ पटक र वस्तु वा गैर–उभयचर प्रजातिसँग ५० पटक यस्तो गरेको पाइयो । अमेरिका र ब्राजिलमा मिसडायरेक्टेड एप्लेक्ससका घटना सबैभन्दा धेरै भेटिएका थिए ।

अनुसन्धानकर्ता फिलिप सी. सेरानोका अनुसार भ्यागुता आफ्ना साथी खोज्नका लागि ध्वनिक (अकोस्टिक) र दृश्य संकेत (भिजुअल क्युज) को सहारा लिने गर्छ । यद्यपि, यी प्रजाति–समूहमा निर्भर हुन्छ किनभने केही प्रजाति क्षेत्रीय छन् र यसरी पोथीलाई आकर्षित गर्नका लागि आवाजको प्रयोग गर्ने गर्छन् ।

आफ्ना साथीलाई खोज्न मिसडायरेक्टेड एम्प्लेक्सस साधारणतया खोजी गर्ने प्रजातिमा देखिएको छ जो आक्रामक रुपमा प्रजनन गर्ने गर्छन् । सेरानोका अनुसार उनीहरुसँग सम्बन्ध स्थापित गर्न यति हतार हुन्छ कि उनीहरुले केही कुरा समातिहाल्छन् । उनीहरुले एउटा साथी कसैगरी भेटिहालोस् भन्ने कुरा सुनिश्चित गर्न चाहन्छन् । त्यसैले उनीहरुलाई पोथी जस्तै लाग्ने कुनै पनि वस्तुमा उनीहरु चढिहाल्छन् । किनभने यस्तो कुरामा छानेर बस्दा आफूहरुले पोथीलाई गुमाउने र सन्तान जन्माउने मौका पनि हातबाट उम्किने हो कि भन्ने उनीहरुलाई डर हुन्छ ।

यस व्यवहारमा जलवायुको प्रभाव पर्न सक्ने अनुसन्धानकर्ताहरु बताउँछन् । अधिक स्थिर वातावरणीय अवस्थामा, आक्रामक प्रजननको छोटो अवधिको तुलनामा प्रजातिहरुमा वर्षभरी प्रजनन अवसरहरु हुन सक्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप