
बागमती नगरपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी

सर्लाहीको बागमती नगरपालिकामा नेकपा माओवादी केन्द्रका मेयर र उपमेयर निर्वाचित भएका छन् । बुधवार आएको मत परिणाम अनुसार मेयरमा माओवादी केन्द्रका भरत कुमार थापा निर्वाचित भएका हुन् ।
उनले ११ हजार ३५७ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका टंक बहादुर बस्नेतले ७ हजार ३६८ मत ल्याए ।
यस्तै उपमेयरमा माओवादी केन्द्रकी लीला कुमारी मोक्तान निर्वाचित भएकी छन् । उनले १० हजार ८७९ मत ल्याइन् । उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी सरिता घिसिङले ७ हजार ७०५ मत ल्याइन् ।
यस्तै १२ वटा वडामध्ये १० वटामा माओवादी केन्द्रकै वडाध्यक्ष निर्वाचित भएका छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ