मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कान्ति बाल अस्पतालमा ‘सारिकादेवी चौधरी आकस्मिक कक्ष’

बुधबार, ०४ जेठ २०७९, २० : ३५
बुधबार, ०४ जेठ २०७९

कान्ति बाल अस्पतालमा ‘सारिकादेवी चौधरी आकस्मिक कक्ष’ सञ्चालनमा आएको छ ।  चौधरी फाउण्डेसनले काठमाडौंको महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा ‘सारिकादेवी चौधरी आकस्मिक कक्ष’ निर्माण गरि अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरेसँगै सो आकस्मिक कक्ष सञ्चालनमा आएको हो ।

बुधबार अस्पतालमा आयोजित एक समारोहका बीच नेपाल सरकारका राज्यमन्त्री उमेश श्रेष्ठले उक्त कक्षको उद्घाटन गरेका हुन् । आकस्मिक कक्षको निर्माण लागत करिब २ करोड ५० लाख रुपैयाँ रहेकोे फाउन्डेसनले जनाएको छ ।

फाउण्डेसनले इमर्जेन्सी वार्डको पुनर्संरचना गर्दै १८ अत्याधुनिक विद्युतीय शैयासहित २५ शैया, २५ मनिटर, २५ इन्फ्युजन पम्प, २५ सिरिन्ज पम्प, १४ रेडियन्ट वार्मर, ५ बबल सिप्याप मेसिन, २ इमरजेन्सी ट्रली, २ फोटोथेरापी युनिट, २ लिक्युड वामर, इसिजि मेसिन, पोर्टेबल कलर डोप्लर, हाइड्रोलिक सर्जिकल टेबल, ट्रान्सपोर्ट इन्क्युवेटरलगायतका सामाग्री पनि अस्पताललाई उपलब्ध गराएको जानकारी गराइएको छ । इमर्जेन्सी वार्डलाई निःशुल्क वाईफाई जोन पनि बनाइएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप