सर्लाहीमा बस दुर्घटना हुँदा एकको मृत्यु, १२ जना घाइते
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिकाको बाँके जङ्गलस्थित सडकखण्डमा यात्रुबस र माछा बोक्ने बलेरो पिकअप ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र ३–०१–०२५ च ५७४३ नंको पिकअपले आज विपरीत दिशाबाट गइरहेको ना. ५ ख ५५१५ नंको यात्रुबसलाई ठक्कर दिएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
आफ्नै साइडमा गुडिरहेको बसलाई तीव्र गतिको पिकअपले ठक्कर दिएको र पिकअपबाट जोगिन खोज्दा यात्रुबस पल्टिएको हो । बसले च्यापिएर सहचालक सुनसरीको इटहरी उपमहानगरपालिका–४ निवासी ३७ वर्षीय भीम राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ । बसका चालक विदुर निरौलासहित १२ जना घाइते भएको र एकजनाको अवस्था गम्भीर रहेको सर्लाही प्रहरीले जनाएको छ । घाइतेहरुको लालबन्दी मोडेल अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि मन्त्रालयको बजेट सिलिङ ५१ अर्ब ८८ करोड, कुन योजनालाई कति रकम ?
-
यी तीन स्टार खेलाडीको नाममा लज्जास्पद कीर्तिमान
-
मण्डला थियटरमा 'टिकट टू हलिउड'
-
‘बोक्सीको घर’लाई बोर्डको युनिभर्सल सर्टिफिकेट
-
पूर्व प्रधानमन्त्री खनाल र किरात धर्मगुरु आत्मानन्दबिच भेटवार्ता
-
ह्वाट्सएपसँग प्रतिस्पर्धा गर्न गुगलले ल्यायो नयाँ अपडेट