शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सम्बन्ध बिना एउटै छतमुनी बस्ने श्रीमान्–श्रीमती, यस्तो छ सेमी–सेपरेशनको वास्तविकता

बिहीबार, ०५ जेठ २०७९, ११ : ३९
बिहीबार, ०५ जेठ २०७९

अघिल्लो वर्ष सेप्टेम्बर महिनामा विश्वकै धनी एलन मस्कले आफू पार्टनर ग्रिम्ससँग सेमी–सेपरेशनमा रहने बताएका थिए । अलग्गिएपछि यी दुई साथीको रुपमा बस्ने बताएका थिए । ग्रीम्स उनको क्यालिफोर्नियाको घरमा बस्नेछिन् र यी दुईले आफ्नो एकवर्षको छोरालाई सँगै हुर्काउनेछन् ।

सेपरेशन र सेमी–सेपरेशनबीच अन्तरः

सेपरेशनमा जोडी छुट्टिएपछि छुट्टा छुट्टै घरमा बस्छन् । सेमी सेपरेशनमा जोडी एउटै छतमुनी बस्छन् ।

सेमी सेपरेशनलाई न्यू डिभोर्सको रुपमा हेरिँदैछः

एलन मस्कले सन् २०१८ मा क्यानडेली गायिका ग्रिम्ससँग विवाह गरेका थिए । सेप्टेम्बर २०२१ मा आफ्नो सेमी सेपरेशनबारे कुरा गर्दै मस्कले आफूहरु दुईजना मिलेर बच्चालाई सँगै हुर्काउने जानकारी दिएका थिए । त्यतिबेला यो शब्द धेरैलाई नयाँ लागेको थियो । यसका लागि ‘न्यू डिभोर्स’ शब्द प्रयोग गरियो ।

सेपरेशनको साटो सेमी सेपरेशन छान्नुका विभिन्न कारण हुन सक्छन् । यस्ता जोडी सम्बन्धलाई पूर्ण रुपमा तोड्न वा सम्बन्ध लिनबाट बच्ने गर्छन् किनभने उनीहरुले कहिलेकाँही ठोस् निर्णय लिन सकिरहेका हुँदैनन् । धेरै पटक आफ्नो बच्चाका लागि पनि जोडीले सम्बन्धविच्छेद गरिरहेका हुँदैनन् । बच्चाले दुबै आमा–बुवाको प्रेम पाउनुपर्छ भन्ने उनीहरुले सोचेका हुन्छन् ।

सेमी सेपरेशनका तीन चरणः

पहिलो चरणः

एउटै घरमा छुट्टा छुट्टै कोठामा बस्न थाल्छन् ।

दोस्रो चरणः

बच्चाको काम एक–आपसमा बाँड्ने

तेस्रो चरणः

खाना, खाजा सँगै खान छोड्छन् ।

सेमी सेपरेशन डिभोर्सको पहिलो सिँढी

सेमी–सेपरेशनको सम्बन्ध सम्बन्धबारे सोचिरहेका जोडीका लागि पूर्ण तयारीको रुपमा हुन्छ । एउटै घरमा छुट्टा छुट्टै बस्दा दुबैले प्रतिकूल परिस्थितिमा एक्लै सामना गर्न सिक्ने गर्छन् । अभिभावकसँग छुट्टा –छुट्टै समय बिताउन बानी परिसकेका बच्चालाई पनि आमा–बुवामध्ये कोही एकसँग समय बिताउनु सामान्य लाग्न थाल्छ । सम्बन्धविच्छेदपछि यी बच्चाहरुले कुनै प्रकारको मानसिक समस्यासँग गुज्रनु पर्दैन । सम्बन्धविच्छेद अघि सेमी–सेपरेशनमा बस्दा अभिभावक पनि बच्चाको विषयमा कम अफसोस जताउँछन् र कम चिन्तित हुन्छन् ।

सेमी–सेपरेशनभन्दा अघि थुप्रै पटक सोच्नुहोस्ः

सँगै बस्दा जब दम्पतीका बीच झगडा बढ्न थाल्यो वा उनीहरुको सधैको झगडाको असर बच्चामाथि पर्न थाल्यो भने उनीहरु यस्तो सम्बन्धमा जान बाध्य हुन्छन् । मानसिक रोग विशेषज्ञ दिव्या महेन्द्रूले आजकाल प्रि–डिभोर्स र पोस्ट डिभोर्सका थुप्रै काउन्सिलिङ हुने बताएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप