
सेयर बजार २३ अंकले घट्यो, परिसूचक साढे २२ सय अंकमा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३ अंकले घटेको छ । आज कारोबार सुरू भएदेखि नै घट्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्ममा २३.५१ अंकले घटेर बन्द भएको हो ।
दोहोरो अंकले घटेसँगै परिसूचक साढे २२ सय अंकमा आएर रोकिएको छ । यसक्रममा आज १ अर्ब ३० करोड रुपैयाँ बराबरको ३७ लाख ९८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । यस्तै, आज म्यूचुअल फण्ड समूह ०.११ अंकले बढ्नुबाहेक अन्य समूहमा सुधार आउन सकेको छैन ।
घटेकामध्ये जीवन बीमा कम्पनी समूहमा १७२ अंकले र निर्जीवन बीमा समूहमा १४३ अंकको गिरावट आएको छ । यसैगरी, विकास बैंक समूह ८३ अंक लघुवित्त समूह ५१ अंक, उत्पादनमूलक समूहमा ४४ अंक र व्यापार समूह २४ अंकले घटेका छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ