शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म निर्देशक घिमिरेले घोराही-४ को वडाध्यक्षमा विजयी

बिहीबार, ०५ जेठ २०७९, १७ : ००
बिहीबार, ०५ जेठ २०७९

फिल्म निर्देशक मुनाल घिमिरेले (मधु सुदन शर्मा) वडा अध्यक्षमा विजयी भएका छन् । एमालेबाट उम्मेदवार बनेका उनी दाङको घोराही उपमहानगरपालिका वडा नं. ४ को वडा अध्यक्षमा विजयी भएका हुन् ।

घिमिरेले १५२५ मत ल्याएर विजयी हासिल गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नारायण जि.एमले १४३३ मत प्राप्त गरे । घिमिरेले आफू वडा अध्यक्षमा विजयी भएको सामाजिक संजाल फेसबुक मार्फत समेत सार्वजनिक गरेका छन् । उनले लेखेका छन् ‘ मलाई अमूल्य मत दिएर ४ नम्बरको वडा अध्यक्ष बनाउनु भएकोमा सम्पुर्ण मतदाताप्रति आभार प्रकट गर्दछु ।’

पछिल्लो समय कलाकारिताबाट राजनीतिसँगै सामाजिक कार्यमा सक्रिय घिमिरेले सन् २००८ मा फिल्म ‘खबरदार’को निर्देशन र निर्माण गरेका थिए । २०१० मा फिल्म ‘आफ्नो मान्छे आफ्नै हुन्छ’ को निर्माण गरेका उनी निर्देशित पछिल्लो फिल्म ‘इच्छा’ हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप