सुर्खेतको वीरेन्द्रनगर एमाले विजयी

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको प्रमुख/उपप्रमुख पदमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) को गठबन्धनलाई पराजित गर्दै प्रमुख पदमा एमालेका मोहनमाया ढकाल र उपप्रमुखमा नीलकण्ठ खनाल विजयी भएका हुन् ।
ढकालले गठबन्धनका तर्फबाट काँग्रेसका उम्मेदवार उपेन्द्रबहादुर खड्कालाई ५४४ मत अन्तरले पराजित गरेकी हुन् । ढकालले १६ हजार ३८ तथा उनका निकटतम प्रतिद्वन्द्वी खड्काले १५ हजार ४८४ मत प्राप्त गरे ।
उपप्रमुखमा विजयी खनालले २० हजार ३६४ र गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार शान्ति ढकालले ११ हजार ५३३ मत प्राप्त गरे। कूल १६ वडा रहेको वीरेन्द्रनगरमा ११ वडा एमाले र पाँच वडाको नेतृत्व काँग्रेसले पाएको छ । विसं २०७४ को निर्वाचनमा यहाँ प्रमुखमा काँग्रेस र उपप्रमुखमा एमाले विजयी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गठबन्धनलाई पराजित गर्नुपर्छ, २०८४ मा एमालेको एकल बहुमतको सरकार बनाउनुपर्छ : केपी ओली
-
जीवास्म इन्धनबारे ओपेकको अडान जारी, वार्ता सकारात्मक टुङ्गोमा पुग्नेमा चीन आशावादी
-
गाजामा भएको हताहतका लागि अमेरिका नै जिम्मेवार हुनुपर्छ : अब्बास
-
पहिलेको तुलनामा सफा देखियो पशुपति क्षेत्र
-
एनसेल सेयर बिक्री प्रकरणको निष्पक्ष छानबिन गर्न माग
-
आयात प्रतिस्थापन गर्न उत्पादनमा जोड दिनुपर्छ : मुख्यमन्त्री शर्मा