झापाका यी पालिकाको मतपरिणाम आउन बाँकी
१५ वटा स्थानीय तह रहेको झापामा अझै नौ पालिकाको मतपरिणाम आउन बाँकी छ । जिल्ला निर्वाचन कार्यालय झापाले छ पालिकाको मतगणना सकिएको जनाएको हो । जसमा कन्काई र भद्रपुर नगरपालिकाको मतगणना सकिएको छ भने बाह्रदशी, झापा, हल्दिवारी र कचनकवल गाउँपालिकाको पनि मतगणना सकिएको हो ।
सार्वजनिक भएको छ पालिकाको मतपरिणामअनुसार नेपाली कांग्रेसले भद्रपुर नगरपालिकामा प्रमुख, कचनकवल र झापा गाउँपालिकामा अध्यक्ष जितेको छ भने उपाध्यक्षमा कनकाई नगरपालिका र झापा गाउँपालिका जितेको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले कनकाई नगरपालिकामा प्रमुख र बाह्रदशी गाउँपालिकामा अध्यक्ष जितेको छ । बाह्रदशी र कचनकवल गाउँपालिकामा उपाध्यक्ष पद जितेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले हल्दिवारी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पद जितेको छ भने भद्रपुर नगरपालिकामा उपप्रमुख पद जितेको छ । आठ नगर र सात पालिकामध्ये दुई नगरको मत गणना सकिए पनि दमक, गौरादह, शिवसताक्षी, मेची, विर्तामोड र अर्जुनधारा नगरपालिकाको मतगणना जारी छ । गाउँपालिकातर्फ वुद्धशान्ति, कमल र गौरीगञ्जको मतगणना जारी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमपालले लिए यूएईको पहिलो विकेट
-
गण्डकीको संसद् बैठक बहिष्कार गर्ने कांग्रेसको निर्णय
-
वीर गणेशमान सिंह टी-२० राष्ट्रिय क्रिकेट : कोशीमाथि बागमती प्रदेशको रोमाञ्चक जित
-
एसीसी प्रिमियर कप क्रिकेट : नेपालले यूएईलाई दियो १२० रनको लक्ष्य
-
सुप्रिम सहकारी प्रकरण: थुनछेक बहस सकियो
-
१२ बलमा १७ रन बनाउँदै आउट भए करण केसी