शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौंडामा हलो तेस्रो स्थानमा, अरु कसको कति

बिहीबार, ०५ जेठ २०७९, २३ : ५७
बिहीबार, ०५ जेठ २०७९

हेटौंडा उपमहानगरपालिकामा राप्रपाका उम्मेदवार दीपक सिंह तेस्रो स्थानमा पुगेका छन् ।  उनले जारी मतगणनाको सुरुमा प्रभावशाली उपस्थिति देखाएकोमा पछिल्लो मतपरिणाममा भने पछि परेका हुन् ।

हेटौंडाको ५८,६५८ मत गणना सकिँदा दिपक बहादुर सिंहले १६,३११ मत पाएका छन् । यस्तै गठबन्धनबाट नेकपा एसकी मेयर उम्मेदवार मिना लामाले १८,२७१ मत पाउँदै अग्रता बनाएकी हुन् । यस्तै एमालेको उम्मेदवार अनन्त पौडेलले  १७,०२६ मत पाएका छन् । योसँगै एमाले तोस्रोबाट दोस्रो स्थानमा उक्लिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप