शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरधाममा स्वतन्त्र उम्मेदवार साह १,९४० मतले अगाडि

शुक्रबार, ०६ जेठ २०७९, ०० : ०६
शुक्रबार, ०६ जेठ २०७९

जनकपुरधाम उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवारले अग्रता कायमै राखेका छन् । अध्यावधिक विवरणअनुसार स्वतन्त्र उम्मेदवार मनोज साहले ५,९०७ मतका साथ अग्रता लिएका हुन् ।

यस्तै एमालेका शिवशंकर साह हिराले ३,९६७ मत पाएका छन् । मनोज र शिवशंकरबीचको मतान्तर १,९४० रहेको छ । यस्तै अर्का स्वतन्त्र उम्मेदवार बलराम महतोले १,८६६ मत पाउँदा लोसपाका मनोज चौधरीले २,५७० मत पाएका छन् । यस्तै गठबन्धनका लालकिशोर साहले जम्मा १,७३५ पाएका छन् ।

यस्तै उपमेयरमा गठबन्धनमा किशोरी साहले ६,५३५ मत पाएका छन् भने एमालेकी रुना झाले ४,५०५ मत पाएका छन् । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप