शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कलैया उपमहानगरमा गठबन्धन पछि

शुक्रबार, ०६ जेठ २०७९, ०६ : ३४
शुक्रबार, ०६ जेठ २०७९

कलैया उपमहानगर प्रमुखमा नेकपा एमालेका उम्मेदवार विनोद साहले गठबन्धनका उम्मेदवार राजेश राय यादवलाई ५ हजार ६४१ मत पछि पारेका छन् । एमाले उम्मेदवार साहले २१ हजार ८२७ मत ल्याएका छन् भने गठबन्धनका उम्मेदवार यादवले १६ हजार १८६ मत ल्याएका छन् । 

उपप्रमुखमा पनि गठबन्धनका उम्मेदवार प्रमोद गुप्तालाई पछि पार्दै एमालेकी उम्मेदवार रौशन परविन ६०७ मतले अग्रता कायम गरेकी छिन् । एमालेकी उम्मेदवार परविनले १७ हजार १५३ मत ल्याएकी छिन् भने गठबन्धन तर्फका उपप्रमुखका उम्मेदवार प्रमोद गुप्ताले १६ हजार ५४६ मत ल्याएका छन् । २७ वटा वडा रहेको कलैया उपमहानगरमा अव एउटा वडाको मतपेटिका मात्रै खोल्न बाँकी छ भने ३ वटा वडाको गणना भइरहेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार आज साँझसम्म प्रमुख/उपप्रमुखको अन्तिम परिणाम घोषणा हुने जनाएको छ 

कलैया उपमहानगर प्रमुखमा २०७४ को निर्वाचनमा पनि यादव  र साहबीच नै प्रतिस्पर्धा भएको थियो । २०७४ मा  नेपाली काँग्रेस प्रमुख÷उपप्रमुख दुवै पदमा विजयी भएको कलैया उपमहानगरमा यसपटक ठुलो मतान्तरले एमाले अगाडी देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप