
‘घनचक्कर’ असारमा रिलिज हुने

फिल्म ‘घनचक्कर’ १० असारमा सार्वजनिक प्रदर्शनमा आउँने भएको छ । निर्माण टिमले फिल्मको पोष्टर सार्वजनिक गर्दै रिलिज डेट घोषणा गरेको हो ।
भट्ट एण्ड सन्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको जितेन्द्र राजोपाध्यायले निर्देशन गरेका हुन् । हरि भट्ट, सुर्यनाथ प्रस्तुतकर्ता रहेको कमेडी जनराको फिल्मका निर्माता करुना अर्याल र संगम भट्ट हुन् । सरोज खनाल, कस्मिरा लाम, शिशिर भण्डारी, आशान्त शर्मा, इश्वरी खड्का, कृष्णभक्त महर्जन, घनश्याम जोशी, प्रभन भुषाल, जनक घर्तिमगर, दामोदर पौडललगायतको अभिनय रहेको फिल्ममा अनुपम द्धिवेदी, अनुप जंग खड्का र सन्तोष सेढाई सह–निर्माताको रुपमा रहेका छन् ।
सुसन प्रजापतिको छायांकन रहेको फिल्ममा अर्जुन सिंहको कथा, काजि लिम्बुको पटकथा तथा संवाद, अष्ट महर्जनको द्धन्द्ध, प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी, विपिन आचार्य, देव कोइमी र बिजेन श्रेष्ठको संगीत र मित्र डि गुरुङको सम्पादन छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ