सिरहाको धनगढीमा एमाले विजयी

सिरहाको धनगढीमाई नगरपालिकामा नेकपा एकालेका शिवशंकर महतो मेयर र उपमेयरमा नेपाली काँग्रेसका संगीता कुमारी चौधरी निर्वाचित भएका छन् । नेकपा एकालेका जिल्ला सचिव समेत रहेका महतो ७ हजार ५६ मत ल्याउँदै विजयी भएका हुन् ।
महतो नेपाली काँग्रेसका जिल्ला सभापति तथा संविधानसभा सदस्य रामचन्द्र यादवलाई १ सय ५५ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् ।
निकटतम प्रतिस्पर्धि यादवले ६ हजार ९ सय १ मत ल्याउँदा निवर्तमान मेयर तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य हरिनारायण चौधरीले ४ हजार ३ सय ६९ मत प्राप्त गरेका छन् ।
उपमेयर संगीता कुमारी चौधरी ६ हजार ६ सय १३ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन्। उनका निकटतम प्रतिस्पर्धिहरु नेकपा एमालेका शोभा कुमारी रालले वरालले ६ हजार ३ सय ७८ र निवर्तमान उपमेयर तथा नेकपा माओदी केन्द्रका फूलकुमारी श्रेष्ठले ४ हजार ३ सय १४ मत प्राप्त गरे ।
जम्मा १४ वडा रहेको यस पालिकामा सवैभन्दा बढी नेपाली काँग्रेस ६ वटा, नेकपा माओवादी केन्द्रले ३ वटा, नेकपा एकालेले २ वटा, नेकपा एकीकृत समाजवादी १, जसपा १, जनमत १ वडामा विजयी भएका छन् ।
नेपाली काँगै्रसका वडा नम्वर १ मा सूर्यनारायण यादव ६७८, वडा नम्वर २ मा हमिद मियाँ ४७१, वडा नम्वर ४ मा ओमप्रकाश यादव ४२१, वडा नम्वर ५ मा रामजतन कामैत ६३१, वडा नम्वर १० मा सरोज कुमार महतो ४८५ र वडा नम्वर १४ मा अनिल ठकुरी ५२२ मत प्राप्त गर्दै विजयी भएका छन् ।
नेकापा माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी दिएकामध्ये वडा नम्वर ३ मा विरेन्द्र कुमार साह ७३३, वडा नम्वर ९ मा प्रकाश योञ्जन ६४२ र वडा नम्वर १३ मा सूर्यमान तामाङ ६९९ मत सहित निर्वाचित भएका छन् ।
नेकपा एमालेको ११ नम्वर वडाबाट अशोक कुमार श्रेष्ठ ५५०, वडा नम्वर १२ मा जय प्रकाश ठाकुर ७६३ मत प्राप्त गर्दै विजयी भएका छन् ।
नेकपा एकीकृत समाजवादीबाट वडा नम्वर ६ मा भगलु महतो ६३४,जसपाबाट वडा नम्वर ७ मा विजय महतो ६२४ र जनमतबाट वडा नम्वर ८ मा राम भरोस महतो ३८४ मत प्राप्त गर्दै निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गठबन्धनलाई पराजित गर्नुपर्छ, २०८४ मा एमालेको एकल बहुमतको सरकार बनाउनुपर्छ : केपी ओली
-
जीवास्म इन्धनबारे ओपेकको अडान जारी, वार्ता सकारात्मक टुङ्गोमा पुग्नेमा चीन आशावादी
-
गाजामा भएको हताहतका लागि अमेरिका नै जिम्मेवार हुनुपर्छ : अब्बास
-
पहिलेको तुलनामा सफा देखियो पशुपति क्षेत्र
-
एनसेल सेयर बिक्री प्रकरणको निष्पक्ष छानबिन गर्न माग
-
आयात प्रतिस्थापन गर्न उत्पादनमा जोड दिनुपर्छ : मुख्यमन्त्री शर्मा