शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जुम्लाका २६ वडामा काँग्रेस विजयी, अन्य कतिमा विजयी ?

शुक्रबार, ०६ जेठ २०७९, १५ : ०२
शुक्रबार, ०६ जेठ २०७९

आठ स्थानीय तहमध्ये काँग्रेस पाँच पालिकाका प्रमुख र तीन पालिकाका उपप्रमुखसहित ६० वडामध्ये २६ वडा जितेर जिल्लामा पहिलो पार्टी बन्न सफल भएको छ । नेकपा (माओवादी) केन्द्रले दुई पालिकामा प्रमुख र चार पालिकामा उपाध्यक्षसहित १९ वडामा विजयी बनेर दोस्रो पार्टी बन्न सफल भएको छ ।  

यस्तै नेकपा (एकीकृत समाजवादी)ले यहाँ गुठीचौर गाउँपालिकाको उपाध्यक्षसहित छ वडामा निर्वाचित भएर तेस्रो पार्टी बन्न पुगेको छ । एमालेले जिल्लाका कुनै पनि स्थानीय तहका प्रमुख र उपप्रमुखमा जित हासिल गर्न सकेको छैन । एमाले जिल्लाका छ वडामा मात्र आफ्नो जित हासिल गर्न सफल भएको छ । जिल्लाको एक मात्र चन्दननाथ नगरपालिकाको नगरप्रमुखमा राजुसिंह कठायतले स्वतन्त्रबाट जित हासिल गरेका छन् ।

नेमकिपा एक वडा र स्वतन्त्र दुई वडामा निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले २२ वडा जितेर पहिलो पार्टी बनेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप