एएफसी एसियन कप छनोटका लागि अन्तिम टोली घोषणा, विवादमा परेका खेलाडी समेटिएनन्

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले कुवेतमा हुने एएफसी एसियन कप २०२३ छनोटका लागि अन्तिम टोली घोषणा गरेका छन् ।
एएफसी एसियन कप २०२३ छनोटको समूह ‘ए’ मा नेपालले जोर्डन, कुवेत र इन्डोनेसियासँग खेल्दैछ । नेपालले आफ्नो पहिलो खेल जुन ८ मा जोर्डनसँग खेल्नेछ भने जुन ११ मा कुवेतसँग खेल्नेछ । अन्तिम खेल जुन १४ मा इन्डोनेसियासँग हुनेछ । प्रशिक्षकसँग विवादमा परेका खेलाडीहरु भने टिममा परेका छैनन् ।
अन्तिम टोलीः
गोलकिपरः दीप कार्की, विशाल सुनार, टिकेन्द्र सिंह थापा
डिफेन्डरः विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, सुमन अर्याल
मिडफिल्डर : आकाश बुढा मगर, अरिक विष्ट, निरकुमार राई, पुजन उपरकोटी, रोशन राना मगर, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्बे, सुनिल बल, सुरज जेउ ठकुरी
फरवार्ड : आयुष घलान, दर्शन गुरुङ, जर्ज प्रिन्स कार्की, मनिष डाँगी, नवयुग श्रेष्ठ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनले रुसलाई तर्साउन खोज्यो : राष्ट्रपति पुटिन
-
प्रधानमन्त्रीको भारत भ्रमणको तयारी पूरा, दिल्ली दूतावासलाई चटारो
-
दुग्ध विकास बोर्ड खारेजीप्रति डेरी क्षेत्रको आपत्ति
-
सन्दीपले दिए दक्षिण अफ्रिका जाने राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना
-
जापानमा पाँच वर्षे कार्ययोजना लागू, गर्मीका कारण हुने मृत्यु आधा घटाउने लक्ष्य
-
मस्को जाने हवाई यानमाथि गोली हानाहान