शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मतगणना नसकिँदै हेटौंडाको उपमेयरमा गठबन्धनबाट बानियाँ विजयी

शुक्रबार, ०६ जेठ २०७९, १६ : ४१
शुक्रबार, ०६ जेठ २०७९

हेटौंडा उपमहानगरपालिकाको उपमेयरमा गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली काँग्रेसका राजेश बानियाँ विजयी भएका छन् । उपमहानगरपालिकामा ७३ हजार ४१४ मत खसेकोमा ६७  हजार ४३५ मतगणना गरिसक्दा नै बानियाँ उपमेयरमा निर्वाचित भएका हुन् । पाँच हजार ९७९ मत गणना बाँकी हुँदा बानियाँले आठ हजार ६०५ मतान्तरले अग्रता बनाएका छन् ।

उनले ३० हजार ३०२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले २१ हजार मत प्राप्त गरेकी छन् । उपमहानगरपालिकाको मेयर पदमा गठबन्धनबाट उम्मेदवारी दिएकी एकीकृत समाजवादीकी मीनाकुमारी लामाले अग्रता बनाइरहेकी छन् । लामाले २१ हजार २०३ मत प्राप्त गर्दै अग्रता बनाइरहँदा एमालेका उम्मेदवार अनन्त पौडेलले १९ हजार ३२५ मतसहित दोस्रो स्थानमा छन् । राप्रपाका उम्मेदवार दीपकबहादुर सिंह १८ हजार ६२६ मतसहित तेस्रो स्थानमा छन् ।

हेटौंडा उपमहानगरपालिकाको अन्तिम मतपरिणाम आजै सार्वजनिक गर्ने गरी काम भइरहेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप