मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

‘बलात्कृत’ युवती बस्ने घरमा एसपी नेतृत्वको टीम

शुक्रबार, ०६ जेठ २०७९, १६ : ५८
शुक्रबार, ०६ जेठ २०७९

सामाजिक सञ्जालबाट भिडियो सार्वजनिक गरेर मोडल एजेन्सी सञ्चालकबाट आफू ‘बलात्कृत’ भएको आरोप लगाउने पिडित युवती बस्ने घरमा प्रहरी पुगेको छ । काठमाडौंको पेप्सिकोला स्थित घरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरिक्षक (एसपी) कृष्ण कोइराला ‘काउन्सिलिङ टिम’ सहित पुगेका हुन् । 

टिकटक युजर आईडी ‘सुसी खान जाने हो’ बाट बुधवार साँझ पीडित युवतीले करिब ८ वर्ष अघि आफू मोडल एजेन्सी सञ्चालक मनोज पाण्डेबाट बलात्कृत भएको आरोप लगाएर भिडियो पोष्ट गरेकी छिन् । सो भिडियो सामाजिक सञ्जालमा भाइरल छ । भाग–१ देखी भाग–२० सम्मको भिडियोमार्फत् उनले आफूमाथि हिंसा भएको भन्दै कारवाहीको माग गरेकी छिन् । 

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले प्रहरीलाई अनुसन्धान गरेर दोषीलाई कारवाही गर्न तीब्र दबाब दिएका छन् । सञ्जाल प्रयोगकर्ताको दबाब पछि पीडितको सम्पर्कमा पुगेको प्रहरीले घटनाको जानकारी लिएर उनलाई ‘काउन्सिलिङ’ गरेको छ ।

 


पीडितसँग भेटेर घटनाबारे जानकारी लिइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्त कुँवरले रातोपाटीलाई बताए । उनले भने, ‘घटनाबारे जानकारी लिएर केशलाई कसरी स्थापित गर्न सकिन्छ भन्नेबारे कानुनविद्हरुसँग पनि छलफल गरिरहेका छौं ।’ 

कानुनी रुपमा हदम्याद नाघेको हुनाले आरोपीलाई तत्काल पक्राउ गरेर मुद्दा अगाडी लैजान सम्भव नहुने जानकारहरु बताउँछन् । पीडित  बस्ने घरमा एसपी कोइराला, डिएसपी कोपिला चुँडाल र इन्स्पेक्टर गजेन्द्र रावल पुगेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप