बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

आइएमई पे र सेञ्चुरी कमर्सिअल बैँकबीच सम्झौता

शुक्रबार, ०६ जेठ २०७९, १७ : ११
शुक्रबार, ०६ जेठ २०७९

आइएमई पे र सेञ्चुरी कमर्सिअल बैँकबीच पार्टनर बैंक सम्झौता भएको छ । हालै काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच सो सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।

सम्झौता पत्रमा आइएमई पेको तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत आमोद भट्टराई र सि.सि.बि.एल.को तर्फबाट प्रधान व्यापार विकास अधिकारी शंकर के.सीले हस्ताक्षर गरे ।  सम्झौता अनुसार डिजिटल सहजताको निम्ति आइएमई पे मोबाईल वालेट एपमा सेञ्चुरी कमर्सिअल बैंकको खाता लिंक गरी बैंकको वित्तीय सुविधाहरु आइएमई पे एपमा प्रयोग गर्न मिल्ने कम्पनीले प्रष्टाएको छ ।

हालसम्म नेपालको २३ वटा बैंक तथा वित्तिय संस्थाहरूसँग सो सम्झौता गरेको आइएमई पेले यस लिंक–अपको विभिन्न फाइदाहरु भएको जनाएका छ । आइएमई पेमा बैंक लिंक गरे पश्चात उपभोक्ताले आफ्नो सुबिधा अनुसार सेञ्चुरी कमर्सिअल बैंकको खातामा आइएमई पे एपबाट निःशुल्क पैसा पठाउन वा सार्न मिल्ने कम्पनीको भनाइ छ । 

उपभोक्ताले सिधै आइएमई पेको पिन नं. राखी पैसा पठाउन वा सार्न मिल्ने (बैंक खाताको विवरण नचाहिने) तथा आफ्नो सेञ्चुरी कमर्सिअल बैंकको खाताको ब्यालेन्स आइएमई पे एपमा प्रत्यक्ष हेर्न मिल्ने गरी सिस्टम अध्यावधिक गरिएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप