
बुटवलको मेयरमा पाण्डेय, उपमेयरमा अर्यालको जित निश्चित

बुटवल उपमहानगरपालिकाको मेयरमा पाँच दलीय गठबन्धनका उम्मेदवार काँग्रेसका खेलराज पाण्डेय तथा उपमेयरमा एमालेकी सावित्रा आर्यलको जित निश्चित भएको छ । बुटवल – ११ को ४५ सय मत गन्न बाँकी छँदा पाण्डेय र अर्यालको अग्रता सोभन्दा बढी भएको छ ।
पाण्डेय नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराई भन्दा ८ हजार बढी मतले अगाडि रहेका छन् । बुटवलका १९ मध्ये १८ वडा र गणना भइरहेको बुटवल–११ को ५९ सय मत गणना हुँदासम्म खेलराजले २९ हजार ७६ मत पाएका छन् भने भट्टराईको मत २० हजार ८१९ रहेको छ । उपमेयरमा भने नेकपा एमालेकी सावित्रा अर्यालको जित निश्चित भएको छ । गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका चिनबहादुर गुरुङभन्दा अर्याल ६ हजार बढी मतले अगाडि छिन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ