शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तीन गजलः गरिबहरूको भोट बिकाउमा छ

शनिबार, ०७ जेठ २०७९, ०९ : १२
शनिबार, ०७ जेठ २०७९

हेर ऊ पर देखिरहेको यो पुरानो घर जो गाउँमा छ 
मेरो मुटुको पूर्जा पल्टाएर हेर त्यो तिमै नाउँमा छ 
जित पनि हारमा छ र खुशी पनि घाउमा छ साथी 
जस्तो कि हेर फुल पनि त काँडाहरुकै ठाउँमा छ 
यहाँ, समय बेचेर पैसा गनिरहेछन् मान्छेहरु 
जहाँ, आफ्नै जिन्दगीको हिसाब घटाउमा छ 
जमिन जोतेर चामलको खोल खाइरहेका गोरुहरुझै 
देशमा मजदुर, किसानहरुको मोल परालको भाउमा छ 
गजल सुनाउ भन्छौ पौडन आउँछ सायद रुन्छौ 
के सुन्छौ ? मेरो गजल आँसुहरुको तलाउमा छ 
सत्य लेख्यो भनेर कलम के छेद गर्छस् ए शासक 
सक्छस् भने हेर मेरो यो शिर सदा तेरो पाउमा छ
बेरोजगारी हुनु भ्रष्टाचारी हुनु हैन, भने नेताज्यु 
किन्नुहोस् ती सारा गरिबहरुको भोट बिकाउमा छ ।
........

स्वार्थले भरिएको छ यो सहर कसका लागि ?
रित्तिएको छु म गरुँ अब के रहर कसका लागि ?
छोरा भविष्य बिगारिस् तैंले यो गरिस तंैले 
बन्धकी राखेथे यो खेत यो घर कसका लागि ?
पत्थर पैला मर्छ कि फुल ए क्रुर दुनिया 
बुद्ध थिएँ म पैले भएँ अहिले हिटलर कसका लागि ?
मैले भने बुद्धु हिम्मत कि त हैसियत हुनेहरुको हो 
कसैले सोध्यो, यति धेरै अवसर कसका लागि ?
भोलि नगरमा तिनै बेरोजगारहरु लाइन लाग्नेछन् 
भने भेडो झैं आज हिँडिरहेछ यो लहर कसका लागि ?
..........

साथी, आखिर मलाई माथि उचालेर के पाउनु भो ?
र, फेरि अन्तिममा भुँइमा खसालेर के पाउनु भो ?
बरु भनेको भए मेरो चिताको उज्यालो दिने थिएँ 
मेरो घर परिवारमा आगो बालेर के पाउनु भो ?
आज हााीलाई हजारौं शासकहरुले दास बनाए 
कसैले सोध्यो देशमा राजतन्त्र फालेर के पाउनु भो ?
गुलामी गर्न नसक्नु थियो होला गल्ती सायद मालिक 
उसलाई सदाका लागि कामबाट निकालेर के पाउनु भो ?
दागबत्ती छोड्नु अघि छोरो भनिरहेको थियो रुदै रुदै
बुवा लुकाएर आज यति धेरै रोग पालेर के पाउनु भो ? 
यो संसारमा म जित्न आएको हु, परिवार पाएको छु 
हेर्नुस् हरेक हारमा आफूलाई सम्हालेर के पाउनु भो ?
नालायकसँग संसर्ग गर्यो भने कस्तो सन्तान जन्मन्छ ? 
सोच्नुस तपाईंले पैले कसलाई भोट हालेर के पाउनु भो ?
रतुवामाइ, मोरङ्ग

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप