ad
x

महालक्ष्मीमा प्रमुखमा एमाले र उपप्रमुखमा काँग्रेस निर्वाचित

person explore access_timeजेठ ७, २०७९ chat_bubble_outline0

महालक्ष्मी नगरपालिकामा प्रमुखमा नेकपा एमालेका उम्मेदवार हरिगोविन्द श्रेष्ठ र उपप्रमुखमा नेपाली काँग्रेसकी उम्मेदवार लक्ष्मी महर्जन विजयी भएका छन् । प्रमुखमा विजयी श्रेष्ठले श्रेठले नौ हजार ३५० मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का शिवप्रसाद कट्टेलले पाँच हजार ६५८ मत पाए । उपप्रमुखमा विजयी महर्जनले नौ हजार ५९१ मत र निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी वीणा सुवेदीले आठ हजार ६८३ मत पाउनुभएको छ । 


नगरपालिकाका १० वडाका मध्ये एमालेका उम्मेदवार छ वडामा र काँग्रेसले तीन र माओवादीले एक वडामा अध्यक्ष जितेको छ । एमालेबाट  वडा नम्बर १ मा छिरिङ लामा, वडा नम्बर २ मा ध्रुव खत्री, वडा नम्बर ३ कुवेर केसी, वडा नम्बर ४ मा अमृत खत्री,  वडा नम्बर ८ मा विश्वराज श्रेष्ठ र वडा नम्बर १० मा विजय लामा विजयी भएका छन् । काँग्रेसबाट वडा नम्बर ५ मा कपिल केसी, वडा ७ मा बाबुराजा महर्जन, वडा ९ मा जयकृष्ण बोगटी वडाध्यक्ष विजयी भएका छन् । माओवादीबाट वडा नम्बर ६ मा धर्म महर्जन विजयी भएका छन् । 











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।