शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलको मेयरमा खेलराज, उपमेयरमा अर्याल निर्वाचित

शनिबार, ०७ जेठ २०७९, १६ : ५५
शनिबार, ०७ जेठ २०७९

बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली काङ्ग्रेसका खेलराज पाण्डे निर्वाचित भएका छन् । एमालेका बाबुराम भट्टराईलाई ७ हजार ५३३ मतान्तरले पराजित गर्दै पाण्डे विजयी भएका हुन् । पाण्डेले ३० हजार १३१ मत प्राप्त गरे भने भट्टराईले २२ हजार ५९७ ल्याए । राप्रपाका मृगेन्द्र शेरचनले ७ हजार ५३३ मत ल्याएका छन् ।

उपमेयरमा एमालेकी सावित्रा अर्याल विजयी भएकी छन् । उनले २४ हजार ९०४ मत ल्याइन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजबादीका चिनबहादुर गुरूङले १७ हजार ९८० मत ल्याए । राप्रपाकी भगवती पाण्डेले ६ हजार ५२९ ल्याएकी छन् । काङ्ग्रेसले बुटवलमा ११ वडा जितेको छ । एमालेले ५ वडामा विजयी भएको छ । तर निर्वाचन आयाेगले औपचारिक घोषणा गर्न बाँकी रहेको छ। कार्यकर्ताहरुले र्‍याली निकालेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप