कर्णालीका स्थानीय तहमा महिलाको सहभागिता कमजोर
भर्खरै सम्पन्न स्थानीय तहको चुनावमा कर्णाली प्रदेशका १० जिल्लाका स्थानीय तहका प्रमुख पदमा महिलाको सहभागिता कमजोर देखिएको छ । ५५ पदमा महिलाको सहभागिता रहेको छ भने १०१ पदमा पुरुषहरूको सहभागिता रहेको छ । दैलेखको भैरवी गाउँपालिकाका अध्यक्षमा रिताकुमारी शाही निर्वाचित भएकी छिन् भने उपाध्यक्षमा समेत देवी भण्डारी निर्वाचित भएकी छिन् ।
त्यस्तै सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयरमा मोहनमाया भण्डारी विजय भएकी छिन् । जुम्लामा पालिका दुवै पदमा महिला र पुरुषको समान सहभागिता रहेको छ । सल्यानका १० पालिकामा ५ जना महिला उपाध्यक्ष रहेका छन् । अन्य सबै मुख्य पदमा पुरुष नै निर्वाचित भएका छन् ।
हिमाली जिल्ला डोल्पाका आठ पालिकामा उपाध्यक्ष ५ जना महिला निर्वाचित भएका छन् भने ११ पदमा पुरुष नै निर्वाचित भएको छन् । मुगुका चार स्थानीय तहमा मध्ये तीन पालिकामा महिला उपाध्यक्ष रहेका छन् । अध्यक्ष सहित एक उपाध्यक्ष गरी पाँज जना पुरुष रहेका छन् ।
जुम्लाका ८ पालिका मध्य अध्यक्षमा ८ र उपाध्यक्षमा ८ महिला निर्वाचित भएका छन् । यहाँ सबै भन्दा समावेशी रहेको पाइएकोले छ । ९ स्थानीय तह रहेको कालिकोटमा पुरुषको रजाइँ देखिएको छ । १४ जना अध्यक्ष र उपाध्यक्ष पुरुष निर्वाचित हुँदा ४ जना महिलालाई मात्र टिकट दिएर निर्वाचित गराएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीको जिल्लामा ७ स्थानीय तह रहेका छन् । सात स्थानीय तह मध्य २ स्थानीय तहमा मात्र महिला उपाध्यक्षको सहभागिता रहेको छ भने बाँकी १२ अध्यक्ष र उपाध्यक्ष पदमा पुरुष नै निर्वाचित भएका छन् ।
जाजरकोटका ७ पालिकामा चार जना महिला उपाध्यक्ष निर्वाचित भएको छन् भने १० जना अध्यक्ष र उपाध्यक्ष पुरुष नै निर्वाचित भएका छन् । दैलेखका ११ स्थानीय तह मध्य भैरवी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा महिला निर्वाचित भएका छन् । ११ पुरुष अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएको तथ्याङ्कमा उल्लेख छ । एक अध्यक्षसहित ११ पदमा महिला निर्वाचित भएको पाइएको छ ।
कर्णालीको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयरमा महिला मोहनमाया ढकाल निर्वाचित भएकी छिन् । सुर्खेतमा १० अध्यक्ष र उपाध्यक्ष पदमा पुरुष र एक मेयर सहित ८ जना मेयर र उपाध्यक्षमा उपमेयरमा महिला निर्वाचित भएका छन् ।
अर्थमन्त्री जनार्दन शर्माको जिल्ला रुकुम पश्चिममा अध्यक्ष, मेयर पदमा महिलाको सहभागिता छैन भने उपाध्यक्ष पदमा ५ जना महिलाले जितेका छन् । त्यस्तै अध्यक्ष वा मेयर पदमा ७ पदमा पुरुष विजय भएका छन् । यहाँ ६ पालिका रहेका छन् ।
दैलेखको भैरवी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष महिला रहेका छन् भने सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा मेयरमा महिलाले जितेकी छन् । एक मेयर र एक अध्यक्ष र बाँकी ५३ पदमा उपाध्यक्ष सहित ५५ पदमा महिलाको कर्णाली प्रदेशका १० जिल्लामा सहभागिता रहेको छ । त्यस्तै १० जिल्लाको १०१ पदमा पुरुषको मुख्य पदमा सहभागिता रहेको छ । यो हिसाबले हेर्दा समावेशीको हिसाबले महिलाको सहभागिता कमजोर रहेको पाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा