नबिल बैंकले एनबी बैंक प्राप्ति गर्ने पक्का

अन्ततः नबिल बैंक लिमिटेडले नेपाल नेपाल बंगलादेश बैंक लिमिटेड (एनबी बैंक) लाई प्राप्ति गर्ने पक्का भएको छ। शनिबार सम्पन्न नविल र एनबी बैंकको छुट्टाछुट्टै विशेष साधारणसभाले यी दुई बैंक एक आपसमा एक्विजेसन (प्राप्ति) गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गरेर अख्तियारी दिएपछि गाभ्ने- गाभिने प्रक्रिया अगाडि बढेको छ।
दुवै बैंकको विशेष साधारणसभाले सभामा प्रस्ताव गरेका सबै एजेण्डा पारित गरेको बैंकहरुले जनाएका छन् । एनबी बैंकलाई गाभेपछि नबिल बैंक अधिकांश सूचकमा पहिलो बैंक बन्ने उसले दाबी गरेको छ। एनबी बैंकको सम्पत्ति र दायित्वको मूल्याङ्कन प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको सेयर मूल्य अनुपात १००:४३ लाई विशेष साधारण सभाले स्वीकृति प्रदान गरेका कारण एनबी बैंकका सेयरधनीले १०० कित्ताबराबर नबिल बैंकको ४३ कित्ता सेयर प्राप्त गर्नेछन्। । आजको कारोबार दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूपश्चिममा हेल्लो सिएम कार्यक्रम पुनः सञ्चालन गरिने
-
बिहीवार प्रधानमन्त्रीले लुम्बिनी केवलकारको औपचारिक उद्घाटन गर्ने
-
सरकारले जनताको हितलाई प्राथमिकतामा राख्न सकेन : वामदेव गौतम
-
सुँगुरको रगतबाट पिउने पानी
-
मृत्यु भइसकेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता
-
सुदूरपश्चिम सरकारले थारु जातिको बरघर प्रथालाई प्रवर्द्धन गर्ने