
जनकपुरधाममा मनोजको अग्रता कायमै, गठबन्धन चौथो स्थानमा

जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा काँग्रेसका बागी उम्मेदवार मनोज कुमार साहको अग्रता कायमै छ । आइतबार विहानको मत परिणाम अनुसार उनले ९ हजार ७७४ मत ल्याएका छन् ।
यस्तै एमालेले उम्मेदवार शिव शंकर साहले ७६०४ मतसहित मनोजलाई पछ्याई राखेका छन् । लोसपाका मनोज चौधरी ३ हजार ९५८ मतसहित तेस्रो स्थानमा छन् भने चौथो स्थानमा रहेका सत्ता गठबन्धनबाट जसपाका उम्मेदवार लाल किशोर साहले ३ हजार ३६१ मत छ ।
यस्तै स्वतन्त्र उम्मेदवार बलराम महतो ३ हजार ८५ मत पाएका छन् । उपमेयरमा गठबन्धनबाट काँग्रेसका किशोरी साह १० हजार ९९५ मतसहित अग्रता लिरहेका छन् र उनले
एमालेका रुणा देवी झाले ८६६१, लोसपाका रिता कुमारी मिश्रले ४०९३ र स्वतन्त्र निर्मल कुमार चौधरीले २९०१ मत पाएका छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ