
नेपालमा ‘क्रेन बेबी’ सार्वजनिक

क्रेन बेबी नेपालमा औपचारिक रुपमा सार्वजनिक भएको छ । क्रेन एक अमेरिकी ब्रान्ड हो, जुन ह्युमिडिफायर, एयर प्युरिफायार र अन्य जीवनशैलीका घरेलु उपकरणहरूको लागि विश्वव्यापी रूपमा ग्लोबल ब्रान्डको रूपमा प्रख्यात छ।
क्रेनले नेपालमा आफ्नो नयाँ लाइनअप “क्रेन बेबी” लन्च गरेको हो । यो लाइनअपमा बच्चाको बेडिङ्ग, नर्सरी डेकोर, प्लस टोइ साथै अरू उत्कृष्ट बेबी आइटमहरु उपलब्ध रहेको कम्पनीले जनाएको छ । यसले नयाँ अभिभावकहरूलाई छनौट गर्न १००ं उत्पादनहरूका विकल्प प्रदान गर्नुका साथै उत्पादनहरू गुणस्तरीय र इको फ्रेण्ड्ली पनि रहेको कम्पनीको दाबी छ ।
यस लाइनअपको नायिका प्रियंका कार्की, जेनिशा मोक्तान, रेनशा राई राणा र मिनिषा भट्टराईद्वारा आईएमएस लिटिल स्माइल्स शोरुम दरबारमार्गमा अनावरण गरिएको थियो । साथै क्रेन भारतका प्रतिनिधिहरू पनि कार्यक्रममा सामेल भएका थिए। यस लाइनअप ग्राहकहरूले विभिन्न छुट र उपहारहरूको मजा लिन सक्ने कम्पनीको भनाइ छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ