
महालक्ष्मी विकास बैंक २८ औँ वर्षमा प्रवेश

महालक्ष्मी विकास बैंक जेष्ठ ७ गतेदेखि २८ औँ वर्षमा प्रवेश गरेको छ । जेष्ठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको बैंकले देशैभरी छरिएर रहेका १०३ शाखाहरूबाट करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु प्रदान गर्दै आएको छ
२८ औँ वार्षिकोत्सव अवसरमा बैंकले आफ्ना १०३ वटा शाखाहरूमा विभिन्न सामाजिक हितका कार्यक्रमहरु आयोजना गरेको छ । एक शाखा एक वृक्ष, हाम्रो जिम्मेवारी भन्ने मुल नाराका साथ हरेक शाखामा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको छ । यस्तै संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ३३ वटा शाखाहरूबाट रक्तदान कार्यक्रम संचालन गरेको छ ।
यसका साथ साथै बैंकले काठमाडौँ उपत्यकामा रहेका आफ्ना शाखाहरूका कर्मचारीहरुको सहभागितामा वित्तिय साक्षरताका निम्ति दरबारमार्गबाट भोटाहिटी, इन्द्रचोक, बसन्तपुर, न्युरोड गेट, महाकाल, रत्नपार्क, जमल हुँदै पुनः दरबारमार्गसम्म प्रभातफेरी पनि गरेको छ ।
यस अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा ग्राहकको सन्तुष्टि र संस्थागत सुशासन आत्मसात् गर्दै भविष्यमा अझ सरल, सहज र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच नेपाली जनतामा पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ