ad
x

वडाध्यक्षले मृतकका परिवारलाई १५ हजार दिने निर्णय गरेपछि...

person explore access_timeजेठ ८, २०७९ chat_bubble_outline0

स्थानीय तह निर्वाचनको मत परिणाम सकिएसँगै नवनिर्वाचित जनप्रतिनिधिहरुले शपथ लिने र पदभार ग्रहण गर्ने क्रम जारी छ । पदभार ग्रहण गर्दै गर्दा वडाध्यक्षदेखि पालिकाको मेयर÷अध्यक्षहरुले समेत पहिलो निर्णय गर्ने गरेका छन् । कर्णालीका कतिपय जनप्रतिनिधिहरु पदभार ग्रहण गर्दा तलबभत्ता नलिने घोषणा गरेका छन् । बरु उक्त तलवभत्ताबाट पाउने रकमबाट अक्षय कोष स्थापना गर्नेदेखि सुत्केरी महिलाहरुको सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने उनीहरुको भनाइ छ । 


यसैबीच एक जना वडाध्यक्षले पदभार ग्रहण गर्दै गर्दा फरक खाले  निर्णय गरेका छन् । दैलेखको नारायण नगरपालिका वडा नम्बर–१ का नवनिर्वाचित वडाध्यक्ष सन्देश कुमार श्रेष्ठले  वडामा कोही नागरिकको मृत्यु भए मृतकको परिवारलाई १५ हजार रुपैयाँ दिने निर्णय गरेका छन् । 



निर्णयसम्बन्धी पत्र सार्वजनिक भएपछि उनको कतिपयले आलोचना पनि गरेका छन् ।  नेपाली काँग्रेसबाट ३७८ मत ल्याएर निर्वाचित बनेका श्रेष्ठले भने निर्णयको बचाउ गरे ।  उनले भने ,‘मैले सकरात्मकनै सोचेर निर्णय गरेको हो । गाउँमा दुःखी, गरिब, विपन्न व्यक्तिहरु हुन्छन् । उनीहरुको परिवारमा कोही व्यक्ति मरेको खण्डमा काजकिरिया गर्ने बेलामा पैसा हुँदैन । बाहिर अहिले वकालत गर्ने बेलामा उच्छृङ्खल तरिकाले गरेपनि त्यही पैसाले ठुलो राहत पुग्ला भन्ने हेतुले मैले त्यो निर्णय गरेको हुँ ।’



उनले सामाजिक सञ्जालमा आफूमाथि भएका टिप्पणीप्रति कुनै सरोकार नभएको बताए । ‘दुःखमा मल्हम लगाउनका लागि गरेको निर्णय हो । त्यो पनि न्युन आय भएको व्यक्तिका लागि । सु–सम्पन्न व्यक्ति त लिन नै आउँदैन नि,’उनले भने, ‘वर्षमा कम्तिमा ५÷१० वटै व्यक्तिहरुको निधन होला । मैले गरेको निर्णयका आधारमा त्यो किसिमको रकम वडामा दिन नमिल्ने भए, वा पालिकाले नदिने भएपनि मेरो पारिश्रमिकले पनि पुग्छ । पारिश्रमिकबाट भएपनि दिन्छु ।’




 





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।