
महोत्तरीको भंगहा नगरपालिकामा लोसपाका साह विजयी

महोत्तरीको भंगहा नगरपालिकाको मेयरमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका संजीव कुमार साह निर्वाचित भएका छन् । सो नगरपालिकामा उनी दोस्रो कार्यकालका लागि विजयी भएका छन् ।
साह ५ हजार ६१७ मत ल्याएर निर्वाचित भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विजय मण्डलले ५ हजार ३५४ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपमेयरमा काँग्रेसकी शान्ति कुमारी सिंह निर्वाचित भएकी छन् । उनले ५ हजार ७७५ मत ल्याइन् भने उनकी निकटतम प्रतिद्वन्द्वी लोसपाकी गंगा कुमारी सिंह दनुवारले ५ हजार ३५५ मत प्राप्त गरिन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ