बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कैलालीमा ट्रयाक्टले स्कुटलाई ठक्कर दिँदा एक जनाको मृत्यु

आइतबार, ०८ जेठ २०७९, १४ : २०
आइतबार, ०८ जेठ २०७९

कैलालीको गौरीगंगा  नगरपालिका–३ कुचैनीमा आज बिहान ट्रयाक्टरले स्कुटरलाई ठक्कर दिँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।  दुर्घटनामा स्कुटरको पछाडि सवार एक युवती गम्भिर घाइते भएकी छिन् । 

मृत्यु हुनेमा स्कुटर चालक लम्किचुहा नगरपालिका–१ बस्ने ३० वर्षीया  सबिता कँडेल रहेकी छन् । घाइते भएकी सोहि ठाउँ बस्ने २५ वर्षीया जमुना सिंहलाई उपचारको लागि माया मेट्रो अस्पताल धनगढी पठाइएको छ । 

आज विहान ७ बजे कैलालीको कुचौनि स्थित पूर्व पश्चिम राजमार्गमा  से १ त ६८ २७ नम्बरको ट्रयाक्टरले  सुदूरपश्चिम प्रदेश ०१–००८ प १७८३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनामा संलग्न ट्रयाक्टर चालक फरार रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय चौमालाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप