
कञ्चनपुरको कृष्णपुरमा काँग्रेस विजयी

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार हेमराम ओझा नगरप्रमुख र द्रौपती राना उपप्रमुखमा निर्वाचित भएका छन् । ओझाले नगरप्रमुखमा १० हजार ३३४ मत प्राप्त गरेकोमा निकतटम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का जोगराम चौधरीले आठ हजार ३००, नेकपा एमालेका लोकेन्द्र पन्तले छ हजार ४७४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उपप्रमुखतर्फ काँग्रेसकै द्रौपती रानाले नौ हजार ६७५ मत प्राप्त निर्वाचित भएकामा निकटतम प्रतिस्पर्धी माओवादीका गीता मल्लले आठ हजार ८५१ र एमालेकी रमिता रानाले सात हजार ३१६ र मत प्राप्त गरेकी छन् । यसअघिको निर्वाचनमा ओझा एमालेका कर्णबहादुर हमालसँग पराजित भएका थिए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ