भरतपुरमा अब ३२ हजार भोट गन्न बाँकी, रेनु दाहालले बनाइन् ८ हजार बढीको मतान्तर
चितवनको भरतपुर महानगरपालिकामा खसेको मध्ये अब करिब ३२ हजार भोट मात्रै गन्न बाँकी रहेको छ । भरतपुर महानगरपालिकामा १ लाख २७ हजार ५६६ मत खसेकामा ९५ हजार ३११ मत गणना भइसकेको हो । यस हिसावले अब ३२ हजार २५५ मत गणना हुन बाँकी रहेको छ ।
आइतबार दिउँसो प्राप्त मतपरिणामअनुसार ९५ हजार ३११ मत गरिसक्दा सत्ता गठबन्धनको साझा उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ८ हजार १५४ मतको अग्रता बनाएकी छन् । उनले ३७ हजार ४६८ मत पाउँदा एमालेका मेयर पदका उम्मेदवार विजय सुवेदीले २९ हजार ३१४ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ३५९ मत पाएका छन् ।
उपमेयरमा भने काँग्रेसका चित्रसेन अधिकारी जिततर्फ अघि बढिसकेका छन् । उनले ३९ हजार ६३९ मत पाउँदा राप्रपाकी हिमला गुरुङले २३ हजार २१२ मत पाएकी छन् । चितवनमा सत्ता गठबन्धन रहेको छ भने एमालेले पनि राप्रपासँग तालमेल गरेको छ । भरतपुरमा १ देखि २० नम्बर वडाको मतगणना सम्पन्न भइरहेको छ भने अहिले वडा नम्बर २१ को गणना चलिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीको संसद् अधिवेशन आजदेखि, के छ कार्यसूची ?
-
शिक्षामन्त्रीको निर्णयप्रति सत्तारुढ दल नै असन्तुष्ट, कारबाही गरेर देखाउन शिक्षक महासङ्घको चेतावनी
-
सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, सात जना गम्भीर
-
प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट
-
पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध
-
अङ्ग्रेजसँगको युद्धमा मधेसका जनताले लडेको इतिहास झल्काउने 'स्मृति उद्यान' बजेट अभावमा अलपत्र