शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दाताको खर्चमा जम्बो टोली स्वीटजरल्याण्डमा

आइतबार, ०८ जेठ २०७९, १६ : ४५
आइतबार, ०८ जेठ २०७९

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडासहित १० जना स्वास्थ्यकर्मी विश्व स्वास्थ्य संगठनको ७५ औँ साधारणसभामा भाग लिन स्वीटजरल्याण्डको जेनेभा गएका छन् । सरकारले तीन जनालाई मात्रै महासभामा भाग लिन पठाए पनि दाताहरूको सहयोगमा जम्बो टोली त्यहाँ गएको आरोप छ ।

सरकारले साधारणसभामा भाग लिनका लागि स्वास्थ्य मन्त्री खतिवडा, स्वास्थ्य सचिव डा.रोशन पोखरेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहलाई स्वीकृति दिएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीका अनुसार सरकारले मन्त्री, सचिव, महानिर्देशकको खर्च बेहोर्छ । सो सम्मेलनले विश्व स्वास्थ्य संगठनको महानिर्देशक नियुक्त, मुख्य कार्य र स्वास्थ्यसम्बन्धी नीति निर्धारण गने, प्रस्तावित कार्यक्रम समीक्षासँगै अनुमोदन गर्छ । 

भ्रमण टोलीमा मन्त्री, सचिव, महानिर्देशकसहित प्रवक्ता डा. संगिता कौशल मिश्रा, प्रशासन शाखाका प्रमुख मदन भुजेल, योजना महाशाखाका उपसचिव प्रकाश अधिकारी, गुणस्तर मापन महाशाखाका प्रमुख डा.मदन उपाध्याय, मन्त्रीका निजी सचिव मधु मिजार, स्वकीय सचिव सुरज थापा र एनएसआईका कासिम साह रहेका छन् ।  स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारी अनुसार  मेडिकल टेक्नोलोली, मेडिकल क्वालीटीसँग सम्बन्धित कार्य गर्ने स्वास्थ्यकर्मी गएका छन् ।महासभासँगै साइड इभेन्ट हुने भएकाले त्यसमा भाग लिन अन्य स्वास्थ्य कर्मचारी गएको उनले बताए । नसर्ने रोग, कोरोना महामारी लगायतका विषयमा हुने साइड इभेन्टमा भाग लिन त्यही क्षेत्रका काम गर्ने स्वास्थ्यकर्मी गएका हुन् ।

‘नेपाल सरकारले विश्व संगठनबाहेक विभिन्न दातृ निकायसँग कोरोनाभाइरस (कोभिड–१९)सँगै अन्य सर्ने तथा नसर्ने रोगको उपचार, पहिचान र नियन्त्रणका लागि समन्वय गरी काम गरेकाले सम्बन्धित केही निकायको सहयोगमा उहाँहरू जानुभएको हो,’ उनले भने, ‘साइड इभेन्ट आयोजना गर्ने संस्था र यहाँ स्वास्थ्यसम्बन्धी कार्यक्रम गर्ने दातृ निकायको समन्वय हुन्छ उनीहरुले सम्बन्धित क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीलाई प्रयोजन गरी लगेका हुन् ।’  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप