मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

यी कुकुर विशेष छन् तर पाल्नका लागि हुनुहाेस् सावधान

आइतबार, ०८ जेठ २०७९, १७ : ३५
आइतबार, ०८ जेठ २०७९

धेरै मानिसहरूले यी साना आकारका कुकुरहरूलाई ‘क्युट’ भनेर वर्णन गर्छन् । ‘पग’ भनिने यी कुकुरहरू ‘जनावर मनपराउनेहरु’ का लागि मन पर्ने कुकुर हुन् । तर स्वास्थ्यको मामिलामा यिनीहरु साधारण कुकुरभन्दा निकै भिन्न छन् ।  

‘पग’ को विषयमा गरिएको नयाँ अध्ययन अनुसार स्वास्थ्यका हिसाबले सामान्य कुकुरको श्रेणीमा राख्नु उचित नहुने देखाएको छ ।

रोयल भेटेरिनरी कलेज, लन्डनले गरेको एक अध्ययन अनुसार उनीहरुको स्वास्थ्य अन्य सामान्य कुकुरको तुलनामा निकै कमजोर हुन्छ । यस अध्ययनमा ४३०८ पग र २१,८३५ अन्य कुकुरहरूको तुलना गरिएको थियो ।

अति नाजुक 

बेलायतमा पाइने पग कुकुरमा अन्य कुकुरको तुलनामा रोग लाग्ने सम्भावना बढी हुन्छ ।

पग, बुलडग वा बक्सर्स ब्रेकिसेफलिक कुकुर हुन् । तिनीहरू आफ्नो विशेष अनुहारका लागि पालिन्छन् ।  पछिल्लो समय बेलायतमा पग्सको लोकप्रियता बढेको छ । तिनीहरूको लोकप्रियता बेलायतमा सन् २००५  देखि  २०१७  सम्म पाँच गुणा बढेको छ ।

पग अन्य कुकुरभन्दा बढी संवेदनशील हुन्छन् । तिनीहरू अन्य कुकुरहरूको तुलनामा एक वर्षमा एक भन्दा बढी रोगबाट पीडित हुने सम्भावना १.९ गुणा बढी हुन्छ ।

क्याम्ब्रिज विश्वविद्यालयका भेटेरिनरी सर्जन डा. मिफेन्भी हिलका अनुसार पग कुकुरको स्वास्थ्यबारे जे कुरा थाहा भएको छ त्यसमा कुनै आश्चर्यको कुरा छैन ।

उनी भन्छिन्, ‘यी कुकुरको दिमाग एकदमै सानो स्थानमा हुन्छ ।’

यसकारण पगलाई धेरै समस्या हुन्छ । यसकारण उनीहरुमा श्वासप्रश्वाससम्बन्धी रोग लाग्ने गर्छ  । छाला र ढाडसँग सम्बन्धित रोगहरू पनि लाग्छन् ।

पग कुकुरको समस्याका कारण

पगमा ब्रेकिसेफलिक अब्सट्रक्टिव एयरवे सिन्ड्रोम (श्वासप्रश्वासको समस्या० प्रायः पगहरूमा देखिन्छ । डिजाइनर जातीका पग कुकुरमा, यसको जोखिम ५४ गुणा सम्म बढ्न सक्छ ।

डा. हिल भन्छन्, ‘पगको नाक फराकिलो हुँदैन । तिनीहरू कुनै स्ट्र जस्तो साँघुरो हुन्छन् । यस्तो अवस्थामा उनीहरुलाई सास फेर्न गाह्रो हुन्छ ।’

उनी भन्छिन्, ‘पगको जुन साधारण तस्बिर हामीले देख्छौँ, त्यसमा उनीहरु मुस्कुराउँदै र जिब्रो निकाल्दै सास फेरिरहेको जस्तो देखिन्छन् । तर यो खुसी दिने खालको तस्बिर हुन सक्दैन । ’

उनका अनुसार वास्तवमा उनीहरुलाई सास फेर्न समस्या भइरहेको हुन्छ । तिनीहरू आफ्नो मुखबाट सास फेर्न प्रयास गर्छन् । किनकी उनीहरु नाकबाट राम्रोसँग सास फेर्न सक्दैनन् ।

पगलाई छालामा संक्रमण पनि हुनसक्छ । डा. हिलका अनुसार उनीहरुमा छाला धेरै हुन्छन् । आफ्नो अनुहारको आकारका अनुसार उनीहरुलाई धेरै छालाको आवश्यकता हुन्छ । यो छालाको संक्रमणको कारण बन्ने गर्छ । त्यसमा घाउ पनि हुन्छ र ती चिलाउँछन् पनि ।

उनीहरूको आकर्षक पुच्छर, जसलाई मानिसहरूले रुचाउँछन्, त्यो म्यालफोर्ड वर्टबाका कारण स्लिप डिस्कको समस्या पैदा गर्न सक्छ ।

यद्यपि, अनुसन्धानमा पगमा केही चिज कम पाइने बताइएको छ । जस्तै मुटु थर्थराउनु, आक्रामकता र चोटको आशंका कम हुन्छ ।

तर, पगमा केही कुरा कम पाइने अनुसन्धानमा भनिएको छ । उदाहरणका लागि, आँखा चिम्लेर नकिन्नुहोस्ः

कम्प्यानियन एनिमल एपिडेमियोलोजीका एसोसिएट प्रोफेसर र पग्ससँग सम्बन्भित एक  अनुसन्धानका प्रमुख लेखक डा. डेन ओनिल भन्छन्, ‘हामीलाई थाहा छ कि पगहरूको शरीरको संरचनाका कारण धेरै स्वास्थ्य समस्याहरू हुन्छन् । तर मानिसहरू यसलाई क्यूट लाग्छ ।’

त्यसकारण, जब तपार्इं कुकुर किन्न जाँदै हुनुहुन्छ भने पगको स्वास्थ्यको यस पक्ष बारे पक्कै पनि सोच्नुहोस् ।  पगहरू क्यूट हुन्छन् भनेर मात्रै निर्णय नगर्नुहोस् ।’

ब्रिटिस भेटेरिनरी एसोसिएसनका अध्यक्ष जस्टिन शट्टन भन्छन्, ‘हामी पगसँग सम्बन्धित धेरै स्वास्थ्य समस्याहरूको कारणले ब्राचिफेसल प्रजातिका कुकुरहरू किन्न सिफारिस गर्दैनौं । ’

हेरचाह महत्त्वपूर्ण :

डा. हिलका अनुसार पग्स किन्नु छ भने विश्वासमा मात्रै किन्नुहोस् । तर उनीहरुलाई कतै सास फेर्न गाह्रो त भइरहेको छैन भन्ने कुरा पनि ध्यान दिनुहोस् । उनीहरुको सास त फुलिरहेको छैन वा सास फेर्दा धेरै नै आवाज त आइरहेको छैन भनेर याद गर्नुहोस् ।

गर्मी महिनामा पग्ु पाल्नेहरु बढी होसियार हुनुपर्छ । यस्तो कुकुरको सासको नली साँघुरो हुन्छ । त्यसैले उनीहरुलाई धेरै गर्मी हुन्छ । त्यसैले उनीहरुलाई चिसो ठाउँमा राख्नुपर्छ । यस्ता कुकुरहरुको तौलमा पनि विशेष ध्यान दिनुपर्छ ।

आकारमा सानो हुनु, तौल बढी हुनुले उनीहरूलाई थप बिरामी बनाउन सक्छ । ‘जनावरहरु पनि सोच्छन् र तिनीहरूको आफ्नै भावनाहरू हुन्छन्,’ डा. हिल भन्छन् । हामीले उनीहरूलाई खुसी, स्वस्थ र लामो जीवन दिने प्रयास गर्नुपर्छ ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप