बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा माओवादी र एकीकृत समाजवादी निल

आइतबार, ०८ जेठ २०७९, १७ : ३५
आइतबार, ०८ जेठ २०७९

वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा रुपन्देहीका १६ वटा स्थानीय तहमध्ये नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले कुनै पनि पालिकामा प्रमुख र उपप्रमुख जित्न सकेनन् । १६ स्थानीय तह (पालिका) रहेको रुपन्देही जिल्लाका १४ वटा पालिकाको मतपरिणाम आएको छ भने २ वटा पालिकाको मतपरिणाम आउन बाँकी छ ।  

नतिजा आएका  स्थानीय तहमा  माओवादी  र  एकीकृत समाजवादी  निल भएको छ । यस्तै मतगणना  हुँदै गरेका दुई स्थानीय तहमा पनि एउटामा नेपाली काँग्रेस र अर्कोमा नेकपा एमालेका उम्मेदवार अगाडि छन् । ती दुवै ठाउँमा माओवादी र समाजवादी  विजय हुने सम्भावना छैन । मतपरिणाम आएका १४ पालिकामध्ये ९ वटामा काँग्रेस, तीन वटामा एमाले र एक पालिकामा जनता समाजवादी पार्टी र  एकमा जनता प्रगतिशिल पार्टीले जित हासिल गरेका छन् । मत गणना हुँदै गरेका तिलोत्तमा नगरपालिकामा काँग्रेस भने कोटहीमाई गाउँपालिकामा एमाले  अगाडि रहेको हो । 

काँग्रेसले बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, सिद्धार्थनगर नगरपालिका, लुम्बिनी साँस्कृतिक नगरपालिका ,मायादेवी गाउँपालिका सुद्धोधन गाउँपालिका, सियारी गाउँपालिका, कञ्चन गाउँपालिका, सम्मरीमाई गाउँपालिको प्रमुख जितेको हो । देवदह नगरपालिका एमाले जित हासिल गरेको छ । यस्तै ओमसतीया गाउँपालिका र गैडहवा गाउँपालिका पनि एमालेल जितेको छ । एमाले विगतमा बलियो रहेको स्थानीय तहमा नेपाली काँग्रेस हावी भएको हो । यस्तै नयाँ पार्टी हृदेश त्रिपाठीको जनता प्रगतिशिल पार्टीले मर्चवारी गाउँपालिकामा जित निकाल्न सफल भएको हो । यस्तै रोहिणी गाउँपालिका  जनता समाजवादी पार्टीले  जित हासिल गरेको छ । सत्तारुढ दलहरुबीच बुटवल  उपमहानगरपालिका मात्रै तालमेल भएको थियो ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप