
बालेनले जिते गहना किन्दा छुट अफर !

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह बिजेता भएमा गहना किन्दा ज्यालामा छुट मिल्ने भएको छ । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै ‘ह्वाइट फेदर्स ज्वेलरी’ ले बालेनले निर्वाचन जितेमा गहना किन्दा ज्यालामा छुट दिने घोषणा गरेको हो ।
सुनको गहनामा ज्याला जर्ती निःशुल्क, चाँदीको गहनामा ३० प्रतिशतसम्म र हीराको गहनामा ४० प्रतिशतसम्म ज्यालामा छुट दिने ज्वेलरीले घोषणा गरेको छ । न्युरोड खिचापोखरीमा रहेको ह्वाइट फेदर्स ज्वेलरीका संस्थापक स्किनर रसाइलीले स्थानीय तहको निर्वाचनलाई आफ्ना ग्राहकलाई छुट दिने अवसरकारूमा लिएको बताए । उनले युवाको आकर्षणकारूपमा रहेका बालेनले जितेमा आफ्नो पसलमा आउने जोकोही ग्राहकले उक्त छुट पाउने बताएका छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ