शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आन्तरिक पर्यटक प्रवद्र्धनका लागि रारामा नाडाको बैठक

आइतबार, ०८ जेठ २०७९, १८ : ४२
आइतबार, ०८ जेठ २०७९

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले रारामा ऐतिहासिक कार्य समिति बैठक सम्पन्न गरेको छ । शुक्रबार सम्पन्न बैठकले आन्तरिक पर्यटन प्रवर्द्धनकै लागि २९९० मिटरको उचाइमा रहेको रारा लेकमा बैठक बसेको नाडाले जनाएको छ ।

प्रकृतिको मनोरम स्थानमा नाडाले आफ्नो कार्य समितिको बैठक राखेर आन्तरिक पर्यटन विस्तारमा एक प्रकारको संदेश प्रदान गर्न खोजेको अध्यक्ष ध्रुव थापाले जानकारी दिए । यद्यपि, पूर्वाधारको कठिनाइले रारा पछि परेको बताउँदै थापाले राज्यले थप लगानी गर्दै रारालाई छिट्टै सडक तथा यातायात संजालबाट जोड्न आवश्यक रहेको बताए । रारामा बसेको नाडाको बैठकले स्थानीय अटो बजारको विस्तारसँगै आगामी आर्थिक वर्षको बजेटमा समग्र अटोमोबाइल क्षेत्रका मुद्दाहरूको दिएको सुझाव बारेमा छलफल भएको छ । सो अवसरमा अध्यक्ष थापाले नाडाको तर्फबाट सरकारलाई बजेट मार्फत व्यवसायिक सहजतासँगै कर, एलसी र अटो कर्जाको सहजीकरण सम्म गरिदिन सुझाव दिएको जानकारी दिए । 

सो अन्तक्र्रिया कार्यक्रममा कर्णाली अटोमोवाइल्स एशोसिएशनका अध्यक्ष भद्र भण्डारीले यातायात पूर्वाधार निर्माण लगायत प्रदेश सरकार र केन्द्र सरकारको पहलमा ‘स्पेशल अटो जोन निर्माण’, व्यवसायीको क्षमता अभिवृद्धि कार्यक्रम संचालन र अन्तर प्रदेश सम्बन्ध विस्तारमा जोड दिनुपर्ने बताए । सोही अवसरमा नाडाका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद दुलालले नाडा बलियो बनाउन स्थानीय स्तरबाटै आउने समस्या समाधान गर्दै जानु पर्ने धारणा राखे । नाडाले सोही अवसरमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कर्णाली प्रदेशमा रहेर पर्यटक क्षेत्रमा काम गर्ने व्यवसायी पदमबहादुर रावललाई १५ हजार रुपैयाँ नगद सहयोग समेत गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप