पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
आइतबार, ०८ जेठ २०७९, १८ : ४९

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पाल्पाको तिनाउ गाउँपालिका–५ मस्यामका २० वर्षीय योगेश रास्कोटीको तानसेन नगरपालिका–९ दमकडा बजारमा लु ७७ प २१३२ नम्बरको मोटरसाईकल अनियन्त्रित हुँदा मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका रास्कोटीको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभाषमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी मोटरसाइकलको पछाडि सवार रहेका व्यक्ति हुन् । यस्तै दुर्घटनामा परी मोटरसाइकलका चालक सोही स्थानका २४ वर्षीय जनक राना घाइते भएका छन् । घाइते मोटरसाइकलका चालक जनक रानाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनमा बोरामा भेटिएका दुई जनाको शवको स्केच सार्वजनिक
-
नेपाल सुपर लिगमा बुटवल लुम्बिनीको पहिलो जित
-
सर्वदलीय बैठकमा मुख्यमन्त्री र एमालेबिच चर्काचर्की, बजेटमै अड्कियो छलफल
-
अहिले नै मन्त्रीमण्डल पुनर्गठनको सम्भावना छैन : प्रधानमन्त्री
-
सांसद चौधरीको ताकेतापछि नवलपरासीका उखु किसानले पाए अनुदान बापतको रकम
-
निष्क्रिय भए संसदीय समिति : ‘माननीय सदस्यहरू’हराएपछि फोन घुमाउँदै सभापतिहरू