नेपाली गायक सुमन शेखरको उर्दू गजल ‘साम से हि दिल’ टी सिरिज
गायक सुमन शेखर मानन्धरको स्वर रहेको उर्दू गजल ‘साम से हि दिल’ सार्वजनिक भएको छ । टी सिरिजको अफिसियल च्यानलबाट सार्वजनिक गीत आइतबार वरिष्ठ फिल्मकर्मी नीर शाहले सार्वजनिक गरे । गीतको भिडियोमा सुनिल थापा, निर्जन थापा र धारणा शर्माको अभिनय छ ।
मुगुको रारामा खिचिएको गीतले हिन्दी र उर्दूभाषी पर्यटकलाई नेपाल आकर्षित गर्ने अपेक्षा राखिएको छ । कार्यक्रममा गीतकार तथा संगीतकार इम्तिया जवफाले गीतले नेपालको पर्यटनलाई प्रत्यक्ष फाइदा पुर्याउने विश्वास व्यक्त गरे । गायक सुमन शेखरले भारतीय उपमहाद्धिपमा बसोबास गर्ने करोडौँ हिन्दी र उर्दू भाषीलाई नेपाल बोलाउने अभिप्रायसहित गीत तयार गरेको बताए । कुनै समय अध्ययनका लागि पाकिस्तान बसेका गायक मानन्धरले सोही बसाइले आफूलाई उर्दू गीत गजल र शायरीमा रुचि बसेको सुनाए ।
‘यो गीत तयार गर्न हामीलाई तीन वर्ष लाग्यो । यो गीतले कम्तिमा पनि रारा ताल हेर्न आउने दर्शकमा वृद्धि हुने हाम्रो अपेक्षा छ’ उनले थपे । भिडियो निर्देशक जनकदीप पराजुलीले टिसिरिजको च्यानलमा नेपाली कलाकार र प्राविधिकले सिर्जेको सिर्जना आएको सम्भवत ः पहिलो घटना भएको जानकारी गराउँदै यसले नेपाली संगीत र कलाकारलाई भारतमा स्थापित गर्न बाटो खोलेको बताए । टिसिरिज जस्तो भारतकै एक नम्बर कम्पनीमा नेपाली प्राविधिक र कलाकारले गरेको काम सार्वजनिक हुनु गौरवकै कुरा भएको बताउँदै निर्देशक पराजुलीले योसँगै गीतले पर्यटनलाई पनि केही फाइदा गर्ने बताए ।
वरिष्ठ चलचित्रकर्मी नीर शाहले सुमन शेखर मानन्धरका बुबासँगको सामीप्य स्मरण गर्दै कामको गरे । नीर शाहले आफू पनि गीत संगीतको विद्यार्थी भएको बताउँदै गीत र दृश्यको संगमले उत्कृष्ट सिर्जना तयार भएको धारणा राखे । ‘कसैलाई लाग्ला हिन्दी गीतको किन यति चर्चा तर म भन्छु हामी उनीहरूको मनमा बस्ने उनीहरुकै भाषा र शैली प्रयोग गरेर बस्ने हो । यस्तो गर्दा कसैले अराष्ट्रिय भन्छ कि भन्ने पिर गर्नुपर्दैन’ नीर शाहले भने । सन्जिव पाण्डेको संयोजन र राजेन्द्र घिमिरे कार्यकारी निर्माता रहेको गीतलाई अर्जुन तिवारीले छायांकन गरेका हुन् भने गीतमा सम्पादन तथा भीएफएक्स धुव्रराज पराजुलीको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा