बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रयाक्टरसँग स्कुटर ठोक्किँदा एकको मृत्यु

आइतबार, ०८ जेठ २०७९, १९ : ४८
आइतबार, ०८ जेठ २०७९

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालीको कुचैनी सडकखण्डमा आज  भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा लम्कीचुहा नगरपालिका–१ की ३० वर्षीया सविता कँडेलको मृत्यु भएको हो ।

पूर्वतर्फ गइरहेको से १ त ६८२७ नम्बरको ट्रयाक्टर र विपरीत दिशाबाट आइरहेको सुप प्र ०१–००८ प १७८३ नंको स्कुटर एकआपसमा ठोक्किएका हुन् । दुर्घटनामा स्कुटर चालक कँडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

दुर्घटनामा स्कुटरको पछाडि सवार लम्कीचुहा नगरपालिकाका जमुना सिंह घाइते भएका छन् । घाइतेको धनगढीमा उपचार भइरहेको छ । प्रहरीले चालकलाई ट्रयाक्टरसहित नियन्त्रणमा लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप