शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भरतपुरमा एक लाख बढी मतगणना, ८,८८२ मतले रेणुको अग्रता

आइतबार, ०८ जेठ २०७९, २० : ०२
आइतबार, ०८ जेठ २०७९

भरतपुर महानगरपालिकामा एक लाख ५४४ मतगणना सकिएको छ । पछिल्लो मत परिणामअनुसार सत्ता गठबन्धनको मेयरकी साझा उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ८८८२ मतले अग्रता कायम गरेकी छन् । रेनुले ३९,८०८ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३०,९२६ मत प्राप्त गरेका छन् ।

त्यस्तै स्वतन्त्रबाट उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १२,९०५ मत प्राप्त गरेका छन् । त्यस्तै काँग्रेसबाट उपमेयरमा उम्मेदवार चित्रसेन अधिकारीले ४२,०७४ मत प्राप्त गरेका छन् भने राप्रपाकी उम्मेदवार हिमला गुरुङले २४,४८४ मत प्राप्त गरेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप